ghar sansar

जिल्ला र प्रदेशको सिफारिश सूचीमा नभएका नेता एमाले समानुपातिक उम्मेदवारको बन्द सूचीमा

khasi

महेन्द्रनगर । नेकपा एमालेको केन्द्रीय सदस्यद्वय निरुदेबी पाल र कृपाराम राना प्रतिनिधि सभा सदस्यको समानुपातिक उम्मेदवारको बन्द सूचीमा परेका छन् ।

एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूचीमा कञ्चनपुरबाट पाल र राना नाम समावेश गरिएको छ ।

एमालेको ११ औं महाधिवेशनबाट उनीहरु दुबै जना निर्वाचित भएका हुन् । उनीहरु दुबै जना एमाले केन्द्रिय कमिटीले समानुपातिक उम्मेदवार बनाएको हो ।

पाल तेस्रो पटक समानुपातिक उम्मेदवार हुन लागेकी हुन् । उनी यस अघि २०७० र २०७४ मा समानुपातिक उम्मेदवार थिइन् । २०७४ मा समानुपातिक साँसद भएकी हुन् । उनी २०६५ मा पनि पहिलो संविधान सभा सदस्य उप निर्वाचन तत्तकालिन क्षेत्र ४ बाट समेत चुनाव लडेकी थिइन् ।

२०७९ मा कञ्चनपुर ३ बाट पराजित भएपछि उनी फेरि फागुन २१ गतेको निर्वाचनका लागि समानुपातिक उम्मेदवार सिफारिश गरिएकी छन् ।

dirghayi clinic

२०७९ मा प्रदेश सभा सदस्य चुनाव लडेका राना २०७० को संविधान सभा सदस्य हुन् । पाल र राना दुबै जना एमाले कञ्चनपुर र सुदूरपश्चिम प्रदेश कमिटीले सिफारिश उम्मेदवारको सूची बाहिरका हुन् ।

जिल्ला र प्रदेश कमिटीले सिफारिश गरेका नाम विपरित पाल र राना उम्मेदवार सिफारिश भएपछि नेताहरु असन्तुष्टि पोखेका छन् । उनीहरुले मापदण्ड मिचेर तल्लो कमिटीबाट सिफारिश भएका व्यक्ति उम्मेदवार बनाएकोमा भन्दै आपत्ति जनाए ।

‘यो पार्टीभित्र पहुँचका आधारमा जे गर्दा पनि हुन्छ भन्ने यसैबाट प्रष्ट हुन्छ’ एमालेका सुदूरपश्चिम प्रदेश कमिटीका एक नेताले भने,‘थिति विधिको कुनै अर्थ नै भएन ।’

एमाले समानुपातिक उम्मेदवार सिफारिशमा आफैंले बनाएको मापदण्ड समेत मिचेको छ । एमालेले सांसद भई सकेका र पूर्व मन्त्रीको नाम सिफारिस नगर्ने मापदण्ड बनाएको छ ।

एमाले कञ्चनपुरले खस आर्य पुरुषबाट नन्दलाल चटौत, स्थिर प्रशाद घिमिरे खस आर्य महिला तर्फ कमला बोहरा, चिनी गिरी, सुशिला सिंह, आदिवासी जनजाति तर्फ फैरु तामाङ्ग, दलितबाट लक्ष्मी विक, तेज बहादुर विक, थारुबाट चित्रा चौधरी, ईकरानी राना, रमिता राना(बडायक), थारु पुरुषबाट कलबिर चौधरी, ज्ञानेन्द्र राना, करमसाय रानालाई समानुपातिक उम्मेदवारका लागि सिफारिस गरेको थियो ।

एमाले कञ्चनपुरका अध्यक्ष लक्ष्मी बुढाले जिल्लाबाट सिफारिश गरेका उम्मेदवार भन्दा बाहिरका नाम समानुपातिकको बन्द सूचीमा परेको बताइन् ।

‘हामीले जिल्लाबाट सिफारिस गरेर पठाएका नामावली थन्क्याएर यहाँ यस अघि सांसद भईसकेका निरुदेवी पाल र कृपाराम रानालाई मात्रै फारम भर्न लगाएको रहेछ, ‘उनले भनिन, ‘जिल्ला पाटीको सिफारिस भन्दा बाहिरबाटै सिफारिस गरियो, यो पाटीका लागि दुखत विषय हो ।

Himal dental
सम्बन्धित
Loading...