ghar sansar

बेलौरीको जनज्योति मावि कलकत्ताका विद्यार्थीलाई मानव बेचबिखन नियन्त्रणका लागि माइती नेपालको अनुशिक्षण

little buddha academy
khasi

महेन्द्रनगर । माईती नेपाल कञ्चनपुरले बाल संरक्षण, अनलाईन बाल यौन दुव्र्यहार, प्रजनन स्वास्थ्य र अधिकार तथा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि जनज्योति माध्यमिक विद्यालय कलकत्ताका विद्यार्थीलाई अनुशिक्षण दिएको छ ।

सिमावर्ती क्षेत्र बेलौरी–कलकत्ता मानव बेचबिखनको उच्च जोखिममा रहेको हुदां त्यस क्षेत्रमा मानव बेचबिखनको जोखिम न्युनिकरण गर्न जनज्योति मावि. कलकत्ताका कक्षा ११ र १२ मा अध्ययनरत ९१ जना विद्यार्थी र शिक्षक शिक्षिकाहरुलाई अनुशिक्षण प्रदान गरिएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बताइन् ।

,orning glory badhai
dirghayi clinic

“त्यस क्षेक्रबाट मानव बेचबिखन, बालयौन शोषणका घट्नाहरु त्रमशः वृद्धि हुदैं गएको जानकारी पाएपछि हामीले बेल्डांडी देखि बेलौरीसम्मका नागरिकहरुलाई मध्यनजर गर्दै यो कार्यक्रमको आयोजना गरेको हौ ”–संयोजक भट्टले भनिन् ।

कार्यक्रमका सहभागीहरुले उक्त बिषयबस्तु उनीहरुका लागि एकदमै नौलो भएको, धेरै कुराहरु सिक्न पाएको जनाउंदै आ–आफ्ना क्षेत्रमा मानव बेचविखन नियन्त्रण र बाल यौन शोषण तथा अनलाईन यौन शोषण प्रति आफु सचेत रहंदै अरुलाई पनि सचेत गराउन स्वतःस्फूर्तरुपमा लागि पर्ने प्रतिबद्धता गरे ।

त्यसैगरी सो बिद्यालयका प्रधानाध्यापक टेकराज अवस्थी समेत शिक्षक स्टाफ परिवारले अनुशिक्षण प्रदान गरि दिएकोमा माईती नेपाल प्रति आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि माईती नेपाल संग समन्वय र सहकार्य गर्न जहिल्यै तत्पर रहने प्रतिबद्धता ब्यक्त गरे ।

Himal dental
सम्बन्धित
Loading...