ghar sansar

भीमदत्तको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा अन्याय गरिएको भन्दै बैजनाथ माविले गर्यो शिल्ड र पदक बहिस्कार

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका स्तरीय १६ औं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगितामा उसुका पदक गणना नगरी अन्याय गरिएको भन्दै बैजनाथ माध्यमिक विद्यालयले शिल्ड र पदक सबै बहिस्कार गरेको छ ।

विद्यालयले उसुका पदक गणनाका लागि आयोजक भीमदत्त नगरपालिकासित पटक पटक आग्रह गर्दा समेत सुनुवाई नभएपछि आइतबार समापन कार्यक्रममा भलिबलको शिल्ड बहिस्कार गरिएको हो ।

,orning glory badhai

प्रतियोगितामा बैजनाथले छात्र भबिललमा प्रथम स्थान हासिल गरी शिल्ड जितेको हो । त्यस बाहेक अन्य खेलमा जितेका पदक समेत ग्रहण नगरी बहिस्कार गरिएको छ ।

प्रतियोगिता आयोजक समितिको सचिवालयले पदक तालिकामा पदक समावेश नगरी विवाद निर्णय सार्वजनिक गरेपछि विवाद बढेको थियो । त्यसपछि आयोजक विवाद समाधानका लागि राष्ट्रिय खेलकूद परिषद्सम्म पुगेको थियो ।

परिषद्ले प्रतिस्पर्धा गराउन सम्भव नभएको खेलमा पदक गणना नहुने प्रष्ट व्यवस्था सहितको पत्र पठाउँदा समेत निर्णायक समितिले पदक गणना नगर्ने निर्णय गरेको थियो ।

समितिको निर्णय विरुद्ध बैजनाथका विद्यार्थी र अभिभावकले शनिबार प्रतियोगिता आयोजकको सचिवालयमा तालाबन्दी गर्न खोजेका थिए । ठूलो संख्यामा प्रहरी परिचालन गरी तालाबन्दी गर्न रोकिएको थियो ।

उसु खेलमा बैजनाथ माविले ९ स्वर्ण र १ कास्य जितेको छ । प्रतियोगितामा प्रतिस्पर्धा गरी पदक गणना नहुने निर्णय फेसबुकबाट बाहिर आएपछि विद्यार्थी, शिक्षक र अभिभावक आक्रोशित भएर कबर्ड हल पुगेका थिए ।

dirghayi clinic

बैजनाथ माध्यमकि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश खत्रीले जितेका पदक गणना नगरी विद्यालय र विद्यार्थीमाथि ठूलो षडयन्त्र गरिएको बताए ।

‘हामीमाथि ठूलो षडयन्त्र गरिएको छ, यसको पछाडि के कारण छ, खुल्दै जाला’ उनले भने,‘यति अन्याय भएपछि शिल्ड ,पदक लिनको कुनै अर्थ हुँदैन ।’

उसुका पदक गणना नहुने भएपछि विद्यालयले शुक्रबार केही खेल अवरुद्ध समेत गरेको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष खत्री सहित शिक्षक अभिभावक संघका अध्यक्ष नवराज भट्ट, प्रधानाध्यापक नरेन्द्रराज जोशी सहित शिक्षक कर्मचारी बिहीबारदेखि कबर्ड हल गएर छलफल गरेका थिए ।

शिक्षक अभिभावक संघका अध्यक्ष भट्टले न्याय नपाएसम्म शिल्ड नलिने बताए । ‘जबसम्म न्याय हुँदैन, तबसम्म शिल्ड र कुनै पनि पदक लिँदैनौ’ उनले भने ।

राष्ट्रिय खेलकूद परिषद्को पत्र विपरित पदक गणना नभएपछि विद्यालयले कानुनी प्रक्रियामा जाने तयारी गरेको छ ।  त्यसका लागि आइतबार विद्यालयमा छलफल गरिएको शिक्षक अभिभावक संघका अध्यक्ष भट्टले बताए ।

गत वर्ष पनि बैजनाथले उसुमा सबैभन्दा बढी पदक जितेपछि विवाद भएको थियो । प्रतियोगितामा बैजनाथले प्रतियोगिताको शिल्ड लगेको थियो । प्रतिस्पर्धा नगरी पदक दिएको भन्दै विरोध भएपछि ५ महिनापछि शिल्ड फिर्ता गरिएको थियो ।

बैजनाथले शिल्ड लगेको भन्दै अमर सहिद माध्यमिक विद्यालयले समापन कार्यक्रममा शिल्ड र पदक बहिस्कार गरेको थियो ।

यस वर्ष प्रतियोगितामा ६ विद्यालयबीच प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धा भएको खेलमा पदक गणना नभएपछि बैजनाथ मावि न्यायका लागि अदालत जाने भएको छ ।

Himal dental
सम्बन्धित
Loading...