ghar sansar

लागु औषध मुक्त समाज बनाउन सचेतनाका लागि प्रदेश स्तरीय प्रभातफेरी

little buddha academy
khasi

हेमा भट्ट
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशलाई लागूऔषधमुक्त बनाउने उद्देश्यसहित प्रदेश स्तरीय प्रभातफेरी कार्यक्रम गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालय तथा प्रदेश युवा परिषद्को आयोजनामा “लागूऔषधमुक्त प्रदेश–हाम्रो अभियान, हाम्रो पहिचान” भन्ने मूल नारासहित कार्यक्रम सञ्चालन गरिएको छ ।

कृष्णपुर नगरपालिका–२, वाणीस्थित जे.बी. एकेडेमीको सहकार्यमा २०८२ साल पौष २१ गते सोमबार आयोजित प्रभातफेरी विद्यालय परिसर तथा आसपासका क्षेत्र हुँदै सम्पन्न भएको थियो ।

,orning glory badhai

प्रभातफेरी मार्फत लागूऔषधको दुरुपयोगले निम्त्याउने सामाजिक, पारिवारिक तथा व्यक्तिगत समस्याबारे जनचेतना फैलाउने उद्देश्य राखिएको थियो । कार्यक्रमको अध्यक्षता प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष गजेन्द्र सावदले गरेका थिए । कार्यक्रममा सामाजिक विकास मन्त्रालयकी माननीय राज्य मन्त्री सरस्वती खड्का प्रमु्ख अतिथि थिइन् । विशिष्ट अतिथिमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओम बहादुर राना थिए ।

dirghayi clinic

राज्य मन्त्री खड्काले लागूऔषध युवापुस्ताका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सरकार, समुदाय, विद्यालय र अभिभावकबीच समन्वय आवश्यक  रहेको बताइन् । लागूऔषधमुक्त समाज बनाउन सरकारको मात्र नभई सम्पूर्ण नागरिकको साझा जिम्मेवारी भएको उनको भनाइ थियो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत दान बहादुर सुनारले लागूऔषधसम्बन्धी कानुनी व्यवस्था, दण्ड–जरिवाना तथा सामाजिक असरबारे प्रशिक्षणात्मक प्रस्तुति दिए ।

त्यस्तै डिआइजी रानाले लागूऔषध नियन्त्रणमा प्रहरीको भूमिका र समुदाय–प्रहरी साझेदारीको महत्वबारे जानकारी गराए।

हरि जोशीले सञ्चालन गरेको कार्यक्रममा जे.बी. एकेडेमीका प्रधानाध्यापकले स्वागत मन्तव्य राख्दै विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता अभियानमा निरन्तर सहकार्य गर्दै आएको बताए ।

कार्यक्रमको अन्त्यमा आयोजक प्रदेश युवा परिषद्ले लागूऔषधविरुद्धको अभियानलाई निरन्तरता दिँदै सुदूरपश्चिम प्रदेशलाई लागूऔषधमुक्त बनाउने लक्ष्यसहित यस्ता गतिविधि आगामी दिनमा पनि सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...