ghar sansar

प्रेस चौतारीका कञ्चनपुर इन्चार्ज साउँदले खुवाए अमर सहिदका विद्यार्थीलाई खुवाए खाना

little buddha academy
khasi

महेन्द्रनगर । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज पत्रकार देवराज सावदले भीमदत्त नगरपालिका–१८ जानकी टोलस्थित अमर शहीद आधारभूत विद्यालयमा अध्ययनरत फरक क्षमताका बालबालिकालाई खाजा तथा फलफूल वितरण गरेका छन् ।

dirghayi clinic

उनले फरक क्षमताका बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणमा सबै पक्षको साझा दायित्व रहेको उल्लेख गर्दै यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

,orning glory badhai

कक्षा ५ सम्म अध्यापन हुने अमर शहीद आधारभूत विद्यालयमा हाल ३३ जना फरक क्षमताका बालबालिका अध्ययनरत छन् । विशेष शिक्षा अध्यापनका लागि विद्यालयमा पाँच जना कर्मचारी कार्यरत छन् । तीमध्ये दुई जना स्थायी दरबन्दी, दुई जना भीमदत्त नगरपालिकाको अनुदानमा तथा एक जना नेपाल सरकारको अनुदानमा कार्यरत छन् ।

विशेष शिक्षा अध्यापन २०५३ सालदेखि निङ्गलाशैनी माध्यमिक विद्यालयबाट सुरु गरिएको थियो । नेपाल सरकारको निर्णयअनुसार २०७६ सालमा उक्त कार्यक्रम अमर शहीद आधारभूत विद्यालयमा स्थानान्तरण गरिएको हो ।

Himal dental
सम्बन्धित
Loading...