ghar sansar

रास्वपाले योजनाबद्ध रुपमा झण्डा जलाएको आरोप लगाउँदै काँग्रेस क्षेत्र नंं. २ ले भन्यो– लोकतान्त्रिक मूल्य–मान्यतामाथिको सिधा आक्रमण

little buddha academy
khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका –११ कलुवापुरमा कांग्रेसको झण्डा च्यातिएको घटनामा काँग्रेसले आपत्ति जनाएको छ ।

कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले योजनाबद्ध रूपमा आफ्नो सम्पर्क कार्यालय नजिकै राखिएको पार्टीको झण्डा च्यात्दै निर्वाचन आचारसंहिता र लोकतन्त्रको खुलेआम धज्जी उडाएको आरोप लगाएको छ ।

,orning glory badhai

कांग्रेस क्षेत्र नं.–२ का सभापति लाल बहादुर सिंहले घटनालाई “लोकतान्त्रिक मूल्य–मान्यतामाथिको सिधा आक्रमण” को संज्ञा दिएका छन्। उनले भने, “जनताको मत जित्न नसक्ने डरले विपक्षी दलका प्रतीकमाथि हमला गर्नु कायरता र पराजित मानसिकताको उदाहरण हो ।”

सिंहले प्रशासनलाई तत्काल दोषी पहिचान गरी कडा कानुनी कारबाही गर्न माग गर्दै यस्ता उच्छृंखल गतिविधि दोहोरिए कडा राजनीतिक प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

dirghayi clinic

अराजक गतिबिधी गर्ने, निर्वाचनलाई बिथोल्न खोज्ने जो सुकै भएपनी कारवाहिको दायरा ल्याउन उनले प्रहरी प्रशासन संग आग्रह गरे । यश प्रकारका गरिबिधिका बिषयमा प्रशासन मुखदर्सक बनेर बस्ने नहुने उनले बताए ।

कंचनपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.–२ मा नेपाली कांग्रेसका तर्फ बाट प्रभावशाली नेता एनपी साउद उम्मेदवार रहेका छन ।

कांग्रेस नेता एनपी साउदको जित निस्चित भएपछी बिपक्षी पार्टिका नेता र कार्यकर्ताहरु सलबलाउन थालेको समेत उनले बताए ।

निर्वाचनको माहोल बिगार्ने र अस्थिरता सिर्जना गर्ने उद्देश्यले गरिएको यस प्रकारको गतिविधिले स्थानीय स्तरमा तनाव बढाएको छ ।

निर्वाचन सम्पन्न नहुदै प्रतिस्पर्धामा रहेका बिपक्षी पार्टिका नेता तथा कार्यकर्ताहरु यसरी अराजक गतिबिधी गर्न थालेपछी आम जनताहरु समेत सोच्न बाध्य भएका छन ।

यता, घटनाबारे राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक धारणा सार्वजनिक हुन बाँकी छ।

Himal dental
सम्बन्धित
Loading...