ghar sansar

अछाम–२ मा एमालेका बोगटी विजयी, रास्वपाका शाह चौथो

little buddha academy
khasi

महेन्द्रनगर । प्रतिनिधिसभा निर्वाचनमा अछाम क्षेत्र नं २ मा नेकपा (एमाले) का उम्मेदवार यज्ञबहादुर बोगटी विजयी भएका छन् । बोगटीले नेपाली काँग्रेसका उम्मेदवार तथा पार्टी जिल्ला सभापति पुष्पबहादुर शाहलाई ६७१ मतान्तरले पराजित गरेका छन् ।

खसेको सदर मत मध्येमा मतमा बोगटीले ९५१८ मत प्राप्त गरेका छन् । शाहले ९०४६ मत प्राप्त गर्नुभएको हो । यस्तै नेपाली कम्युनिष्ट पार्टीका बलबहादुर कुँवरले ६४९३ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका भुपदेव शाहले ४५६२ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का शेरबहादुर विकले ५५८ मत प्राप्त गरेका छन् ।

,orning glory badhai
dirghayi clinic

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मिन बहादुर शाहीले १६७ मत, प्रगतिशिल लोकतान्त्रिक पार्टीका पुष्पराज न्यौपानेले ११३ मत, नेपाल मजदुर किसान पार्टीका झंकरबहादुर शाहीले ६० मत प्राप्त गरे । उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दर्ता गराएका राजेश रावलले मतदान अघि नै राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गरेर प्रवेश गरेपनि उनलाई ५२ मत प्राप्त भएको छ । अछाम क्षेत्र नं २ मा ३२ हजार ४०८ मत खसेको थियो ।

२०७९ को प्रतिनिधिसभा सदस्यमा बोगटीलाई छ हजार ८४० मतान्तरले शाह विजयी भएका थिए । २०७४ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बोगटीले दुई हजार ८५९ मतले शाहलाई पराजित गर्नुभएको थियो । बोगटी र शाहको यो तेस्रो पटकको प्रतिष्पर्धा हो ।

शाह नेपाली काँग्रेस अछामको सभापति तथा निवर्तमान प्रतिनिधिसभा सदस्य छन् भने बोगटी एमालेको केन्द्रिय सदस्य छन् ।

अछाम क्षेत्र नं १ मा भने नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावललाई पराजित गरेर नेपाली काँग्रेसका उम्मेदवार भरतकुमार स्वार विजयी भएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...