ghar sansar

महेन्द्रनगर पुगेर राष्ट्रिय सहकारी महासंघका अध्यक्ष पोखरेलले भने– सहकारीमैत्री ऐन आएन भने आन्दोलनमा जान्छौ

khasi

महेन्द्रनगर । राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष रमेश राज पोखरेलले सहकारी मैत्री ऐन नआए सडकमा जाने चेतावनी दिएका छन् ।

महेन्द्रनगरमा गरिएको कार्यक्रममा उनले सरकारलाई सहकारीमैत्री ऐन ल्याउन आग्रह गरिएको उल्लेख गर्दै उनले वेवास्ता गरिए सडकमा जाने बताएका हुन् ।

‘सहकारी मैत्री ऐन आएन भने आन्दोलनमा जानु पर्ने अवस्था आउन सक्छ भनेर आग्रह गरेका छौ, यो अवस्था नआओस भन्ने चाहन्छौ’ उनले भने, ‘तपाईहरु पनि सडकमा जान तयार बस्नु होला ।’

उनले एक करोड नौ लाख सदस्य भएको सहकारी महासंघ चुप लागेर बस्न नसक्ने बताए । अध्यक्ष पोखेरेलले समस्याग्रस्त सहकारीका पीडितले पैसा पाउनु पर्ने बताए ।

राज्य कोषबाट नभएर ती सहकारीको चल अचल सम्पत्ति बिक्री गरी दिनु पर्ने उल्लेख गरे । जोखिमग्रस्त सहकारी व्यवस्थापनमा महासंघको प्रतिनिधि भएको उल्लेख गर्दै माग राखिएको बताए ।

सहकारी क्षेत्रको समसामयिक अवस्था चुनौति र आगामी कार्यदिशा सम्बन्धि छ्लफलमा अध्यक्ष पोखरेलले राजनितिक संक्रमणका बेला गलत नियत भएका व्यक्तिले सहकारी खोलेर बदनाम गरेको बताए ।

dirghayi clinic

भीमदत्त नगर सहकारी सन्जालले कार्यक्रम गरेको छ । उदयदेब बहुउद्देश्यीय सहकारी कार्यालयको सभाकक्षमा भएको कार्यक्रमको अध्यक्षता नगर संजालका ईश्वरी प्रसाद खरेलले गरेका छन् ।

उनले सहकारी मैत्री ऐन ल्याउन महासंघले पहल गर्ने बताए ।

कार्यक्रममा भीमदत्त नगर सहकारी सञ्जालका अध्यक्ष ईश्वरी प्रसाद खरेलले महासंघ अध्यक्ष सहितको टोलीले कञ्चनपुर आएर सहकारीका पीर मार्का सुन्न सकारात्मक र खुसीको कुरा भएको बताए ।

‘हाम्रो यता नआउँदा महासंघले केही पनि गर्र्दैन भन्ने लाग्थ्यो, काठमाडौमा महासंघले केही गर्दो रहेछ भन्ने थाह भयो’ उनले भने,‘हामीसित महासंघ पनि छ भन्ने आभाष भयो, हाम्रा कुरा सुन्नु भयो, हामीले समस्या राख्यौ, यस अघि धनगढी आएर उतैबाट महासंघ फर्किने जाने गथ्र्यो, त्यो यस पाली भएन ।’

यस अघि महासंघ धनगढी पुगेर फर्किने गरेको उल्लेख गर्दै यस पटक आफूहरुले कञ्चनपुरमा पाएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा मेगा बचत ऋण सहकारी संस्थाका कार्यकारी अधिकृत सुनिल सेठी, निङ्गलाशैनी सहकारीका कार्यकारी अधिकृत प्रेम सिह भाट, हरियाली कृषक बहुउद्देश्यीय सहकारीका अध्यक्ष प्रताप सिह साउँद, भूमिराज उपभोक्ताका अध्यक्ष महादेब भट्ट लगायतले सहकारीका समस्या र चुनौतीबारे धारणा राखे ।

उदयदेब बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले कार्यक्रममा स्वागत गर्दै कञ्चनपुरका सहकारीको अवस्थाबारे जानकारी गराए ।

भीमदत्त नगर सहकारी सञ्जालका सचिव मोहन बहादुर चन्द, उदयदेब बहुउद्देश्यीय सहकारीका अध्यक्ष नारा जोशी, जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष ढुण्डीराज सुवेदी लगायत कञ्चनपुरका विभिन्न सहकारीका पदाधिकारी, कर्मचारी सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...