ghar sansar

भोटेकोशी त्रिशूली बाढीले वेपत्ता बेलौरीका तीन जना अझै सम्पर्क बिहिन, फर्किने आश गर्दै बाटो हेरी बसेका छन् घर परिवार

khasi

महेन्द्रनगर । बेलौरी नगरपालिका ३ की रश्मि र चौधरी गीता चौधरी नजिकका नातेदार हुन् । नातामा गीता रश्मिको फुपु पर्छिन् । उनीहरु दुबै क्याम्पसका साथी पनि हुन् ।

अचेल भेट हुने बित्तिक्कै गीता रश्मिसित एउटै कुरा दोहोर्याउँछिन् । उनी रश्मिलाई भन्छिन्, ‘अहिलेसम्म भेटि रहेका छैन, सबैले शेयर गरौ, यस्तो दुःख आयो भन्छन्, कहिल्यै सोचेका थिएनौ ।’

रश्मि उनलाई ढाडस हुने गरी भेटिएर घर फर्किने जवाफ दिन्छिन् ।

‘नातामा वहाँ मेरो फुपु हो, क्याम्पसमा संगै पढ्थ्यौ, एकै ठाउँका भएकाले भेटघाट भई रहन्छ’ रश्मिले भनिन्, ‘भोटेकोशी बाढीपछि फुपुले भेट भए अरु केही भन्नु हुन्छ, भेटी रहेका छैन, सबैले शेयर गरौ, दुःख आइ लाग्यो, म वहाँलाई सबै जना लागि रहेको भनेर सम्झाउँछु ।’

भदौ १० गते भोटेकोशी त्रिशूली नदीमा बाढी आएपछि गीताका दाई रामचन्द्र चौधरी सम्पर्क बिहिन छन् । रसुवा हाइड्रो पावरमा कार्यरत चौधरी सम्पर्कमा नभएपछि घर परिवार र आफन्त सबै चिन्तित छन् ।

घर परिवार चिन्ताले छटपटिएको रश्मिले बताइन् । बाढीले वेपत्ता चौधरी रश्मिका काका नाता पर्छन् । घरमा उनकी श्रीमति र ४ वर्षको बच्चा छ ।

पडावका चौधरी चार भाई छोरामा साइलो हुन् । चौधरीका भाई दाईको अवस्थाबारे पत्ता लगाई दिन आग्रह गर्दै साँसद निराशा चौधरीसम्म गुहारेका छन् ।

dirghayi clinic

चौधरी परिवार वेपत्ता चौधरी छिटो बाहिर आएको हेर्न चाहन्छन् । साँसदलाई भेटेर कान्छो भाईले जसरी बाहिर ल्याउन पहल गरि दिन आग्रह गरेका छन् ।

‘घर परिवार छिटो बाहिर आएको भए हुन्थ्यो भन्ने चाहन्छ, अहिलेसम्म के कस्तो अवस्थामा छन् भन्ने केही सूचना नै छैन’ रश्मिले भनिन् ।

भोटेकोशी बाढीपछि वेपत्ता बेलौरी नगरपालिका ५ का खुशीराम चौधरी र प्रकाश चौधरी पनि अझैसम्म सम्पर्कमा आउन सकेका छैनन् ।

उनीहरु पनि चौधरीसंगै रसुवा हाइड्रो पावरमा कार्यरत थिए । बेलौरीका सम्पर्क बिहीन अन्य केही जना भने सम्पर्कमा आएका छन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार भोटेकोशी बाढीमा परी कञ्चनपुरका ३९ जना सम्पर्क बिहीन भएका थिए ।

त्यसमध्ये १० जना सम्पर्कमा आएका छन् । हालसम्म २९ जना सम्पर्क बिहीन छन् ।

कञ्चनपुर ३ का साँसद ज्ञानेन्द्र सिंह महता र प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले वेपत्ता व्यक्तिका आफन्त र घर परिवारलाई उनीहरुको घरमा गएर भेटेका छन् ।

तस्बिर : साँसद निराशा चौधरीसित भेट गर्दै वेपत्ताका आफन्तहरु

Himal dental
सम्बन्धित
Loading...