ghar sansar

भोटेकोशी त्रिशूली बाढी पीडितलाई सफल बचत सहकारीको ५१ हजार सहयोग

khasi

महेन्द्रनगर । सफल बचत तथा ऋण सहकारी संस्थाले भोटेकोशी त्रिशूली बाढी पीडितलाई सहयोग गरेको छ ।

सहरकारीले बाढीबाट पीडित वासिन्दाको खोजी, उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पठाएको छ । सहकारीले कोषमा ५१ हजार सहयोग रकम जम्मा गरेको छ ।

dirghayi clinic

सहकारीले संस्थाको दैबी प्रकोप राहत शीर्षक रकमबाट सहयोग उपलब्ध गराएको लेखापाल आशीष कुमार भट्टले जानकारी दिए ।

सहकारीले विपद्को दुःखद घडीमा सामाजिक उत्तरदायित्व आत्मसात गर्दै सहयोग गरेको उल्लेख गरेको छ ।

भदौ १० गते भोटेकोशी त्रिशूलीको बाढीले रसुवा सहित १४ जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।

Himal dental
सम्बन्धित
Loading...