

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० तिल्केनीस्थित होली फेमली इङ्गलिश मिडियम स्कुलले भोटेकोशी त्रिशूली बाढी पीडितलाई सहयोग गरेको छ । भदौ १० गते भोटेकोशी त्रिशूलीको बाढीले रसुवा सहित १४ जिल्लामा ठूलो क्षति भएको छ ।
बाढी पीडितलाई राहत, उद्वार तथा बेपत्ताको खोजीका लागि सहयोगका होली फेमली स्कुल, होली ग्रुफ अफ स्कुल, विद्यार्थी र अभिभावकले सहयोग गरेका छन् ।
होली फेमली स्कुलका संस्थापक भुपाल सिंहले बिष्टले दुई लाख सहयोग गरेका छन् । संस्थापक बिष्ट सहित सबैले तीन लाख ३१ हजार ४ सय १६ सहयोग पठाएका छन् । बिष्ट प्याब्सनका पूर्व केन्द्रिय सदस्य हुन् । उनी होली फेमलीका संस्थापन पनि हुन् ।

होली फेमली स्कुलका असिस्टेन्ट मेनेजर महादेब प्रसाद भट्टले सहयोग रकम प्याब्सन मार्फत प्रधानमन्त्री दैबी प्रकोप उद्वार कोषमा सहयोग रकम संकलन गरिएको बताए ।
‘हालै रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी बाट अत्यन्त प्रभावित नागरिकहरुलाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको हो’ उनले भने ।
बिद्यालयले सहयोगका लागि हातेमालो गर्ने सबैलाई आभार सहित धन्यवाद व्यक्त गरेको छ ।
‘सानो आर्थिक सहयोग प्रदान गरेका छौ, यस दुःखद घडीमा मानवीय धर्म निर्वाह गर्दै सहयोगी सम्पुर्ण विद्यार्थी ,शिक्षक÷शिक्षिका,कर्मचारी तथा विद्यालयका संस्थापकज्यूलाइ धन्यवाद दिन चाहन्छौं’ भट्टले भने, ‘साथै बाढीमा परी ज्यान गुमाउनु हुने सम्पुर्ण प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता हुनु भएका नागरिक हरुको शीघ्र उद्धार र घाइते सम्पुर्णप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।
बिद्यार्थीले ३७ हजार ७ सय ८२, शिक्षक कर्मचारी ५६ हजार ४ सय ६, चन्चला खडक सिंह बिष्ट १० हजार र बिद्यालयका संचालक हरि भट्टले २७ हजार २ सय १६ सहयोग गरेका छ्न ।
