ghar sansar

शुक्लाफाँटाको सिद्धनाथ बैजनाथ मन्दिरका अध्यक्ष सहित तीन जनामाथि जातीय भेदभाव तथा छुवाछुत घट्नामा अनुसन्धान गर्दै प्रहरी 

khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका १ बैशाखा शिविरस्थित सिद्धनाथ बैजनाथ मन्दिरमा स्थानीय एक दलित समुदायका वासिन्दामाथि भएको जातीय भेदभाव तथा छुवाछत सम्बन्धि घट्नाको अनुसन्धान थालिएको छ ।

गत भदौ १ गते पूजापाठ गर्न मन्दिर गएका स्थानीय मोहन दमाईलाई निधारमा टीका नलगाएर पातमा राखेर दिएपछि उनले विरोध गरेका थिए ।

दमाईले आफूमाथि सार्वजनिक स्थान मन्दिरमा जातीय भेदभाव र छुवाछुत गरिएको भन्दै इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएका थिए ।

प्रहरीले जाहेरी अनुसार तीन जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा दिपक डडाल, देब सिह ऐरी लगायत तीन जना छन् ।

उनीहरुमध्ये डडाल मन्दिर समितिका अध्यक्ष हुन् । 

dirghayi clinic

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी टेक बहादुर रावतले जातीय भेदभाव तथा छुवाछुत सम्बन्धि कसुर मुद्दामा अनुसन्धान भई रहेको बताए ।

मन्दिरमा दमाईले आफूलाई टिका लगाई दिन पुजारीलाई आग्रह गरेपछि पातमा टिका राखेर दिइएको थियो ।

त्यसपछि उनले अरुलाई जस्तै आफूलाई पनि टिका लगाउन आग्रह गरेपछि विवाद भएको थियो ।

पुजारी लगायतले टिका लगाउन नपाइने भन्ने जवाफ दिएपछि दमाईले त्यसको कारण सोधेपछि उनलाई गाली गलौज र हातपात प्रयास गरिएको थियो ।

२१ औं शताब्दीमा पनि जातीय विभेदका आधारमा सार्वजनिक स्थानमा टिका लगाउन अस्वीकार गरेको भन्दै दमाईले कारवाहीको माग गरेका थिए ।

सुदूरपश्चिम सरकारले गत आर्थिक वर्षमा मन्दिर बनाउनका लागि १० लाख बजेट दिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...