ghar sansar

सशस्त्र प्रहरीका एसपीसित गरिएको कुराकानीको अडियो बाहिरिएपछि विवादमा तानिए गड्डाचौकी भन्सारका भन्सार अधिकृत भट्ट

khasi

महेन्द्रनगर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्ट भन्सार विभाग तानिएका छन् ।

सशस्त्र प्रहरीको ३४ नम्बर गण कैलालीका गणपति (एसपी) खुमबहादुर केसीसित गरिएको अडियो सार्वजनिक भएपछि उनलाई विभाग तानिएको हो ।

अडियोमा भन्सार अधिकृत भट्ट र एसपी केसीबीच सशस्त्रले नियन्त्रणमा लिएको समानसित सम्बन्धित कुराकानी भएको छ ।

भन्सार अधिकृत भट्टले सशस्त्र प्रहरीका एसपी केसीलाई कञ्चनपुर भन्सारबाट जाँचपास भएका गाडीलाई यस अघि पनि नियन्त्रणमा लिएर दुःख दिने गरिएको र यस पटक नियन्त्रणमा लिएको भन्दै आक्रोश पोखेका छन् ।

dirghayi clinic

उनले भन्सार जाँचपास भएका गाडीलाई नियन्त्रणमा लिने कार्य नरोकिए आइजीसम्म फोन लगाउने जानकारी दिएका छन् ।

शस्त्र प्रहरीका एसपी केसीले अण्डर बिलिङ्गको आशंका समान नियन्त्रणमा लिएको जानकारी गराएका छन् ।

दुबै जनाबीच भएको अडियो बाहिर आएपछि भट्ट विवादमा तानिएका हुन् । भन्सार कार्यालयमा उनी हक्की स्वभावका कर्मचारी मानिन्छन् ।

भन्सार कार्यालय स्रोतका अनुसार अडियो बाहिर आएपछि उनलाई विभाग बोलाइएको हो ।

काठमाडौँको त्रिपुरेश्वरस्थित भन्सार विभागमा हाजिर हुन भट्टलाई पत्राचार गरिएको बाहिर आएको छ ।

Himal dental
सम्बन्धित
Loading...