ghar sansar

सुदूरपश्चिम पहाडमा सवारी बन्द, तराईमा छिटफुट सञ्चालन

khasi

महेन्द्रनगर । सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा सवारीसाधन आवागमनमा रोक लगाइएको छ । पहाडी ७ वटै जिल्लाका प्रशासन कार्यालयहरूले सूचना जारी गर्दै आइतबार बिहान सम्मका लागि सवारी साधन सञ्चालनमा रोक लगाएका छन् ।

जिल्ला प्रशासन कार्यालयहरूले शनिवार बिहान देखि आइतबार बिहान ६ देखि ७ बजे सम्मका लागि सवारी साधन सञ्चालनमा रोक लगाएका छन् ।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराले एक सूचना जारी गर्दै बिहान शनिवार बिहान ७ बजेदेखि आइतबार बिहान ७ बजे सम्मका लागि सवारी साधन सञ्चालनमा रोक लगाएको जनाएको छ ।

dirghayi clinic

प्रमुख जिल्ला अधिकारी वेदराज फूयलद्धारा जारी सूचनामा जिल्लाभर लामो तथा छोटो दुरीका सवारी साधन आवागमनमा रोक लगाइएको उल्लेख छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय दार्चुलाले पनि एक सूचना जारी गर्दै आइतबार बिहान ६ बजे सम्मका लागि सवारी साधन आवागमनमा पूर्ण रूपमा रोक लगाएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलद्वारा जारी सूचनामा दार्चुला जिल्ला जोखिममा रहेको पनि उल्लेख छ ।

यस्तै अन्य पहाडी जिल्लाहरूले पनि सूचना मार्फत सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नवराज कार्कीले लगातारको वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै पहाडी जिल्लाहरूमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको बताए ।

ट्राफिक प्रहरीले सूचना थाहा नपाएर पहाडतर्फ गइरहेका केही गाडी कैलालीको खानीडाँडामा रोकेर फर्काइएको जनाएको छ ।

तराईका कैलाली र कञ्चनपुरमा भने जोखिम कम हुने भएकाले सवारीसाधन चलिरहेका छन् । सुदूरपश्चिमका ९ वटै जिल्लामा शुक्रवारदेखि निरन्तर वर्षा भइरहेको छ ।

Himal dental
सम्बन्धित
Loading...