ghar sansar

लघु उद्यम तालिमले उद्यमी बनेका बैतडीका टेक कार्की, अमेरिकासम्म पठाउँछन् आचार

khasi

महेन्द्रनगर । बैतडीको दोगडा केदार गाउपालिका ७ का टेक कार्की नौ बर्ष अघिसम्म गाउँ घरमै काम गर्थे । खेतस्पाती र ज्याला मजदुरी गरी उनको दिनचार्या बित्थ्यो । घर खर्च त्यहीं कमाईले चल्थ्यो ।

कार्की एक दिन लघु उद्यम तालिमका लागि छनौट भए । गाउँका अन्य ५÷६ जनासंगै तालिम लिए ।

लघु उद्यमको त्यही तालिमले कार्कीको दिनचार्या र परिचय फेरि दियो । अहिले उनी उद्यमीको परिचय बनाएका छन् । लघु उद्यमका प्रशिक्षक भनेर कार्की चिनिन्छन् ।

सुदूरपश्चिम प्रदेशमै लघु उद्यमीको परिचय बनाएका कार्की भन्छन, ‘त्यो तालिमले नै म यहाँसम्म पुगेको हँु, नत्र अहिले गाउँमा बाख्रा चराई रहेको हुन्थे ।’

लघु उद्यम तालिम लिएपछि उनले गाउँमा आचार बनाउने तालिम दिन थाले । त्योसंगै उनले सुदर्शन कृषि तथा लघु उद्यम फर्म खोले । २० हजार लगानी लगाएर फर्मबाट कारोबार गरी उनी अहिले परिचित उद्यमी बन्न पुगेका छन् ।

फर्ममा उनी बिभिन्न समान उत्पादन गर्छन् । सिस्नोको धुलो, पहाडी गुड, आचार, मह, दाल गेडागुडी लगायत समानको कारोबार उनी गर्छन् ।

समान बिक्रीका फिटिक्कै चिन्ता छैन कार्कीलाई । समानका लागि घरमै अर्डर आउने गर्छ । कार्कीको आचार अन्तराष्ट्रिय बजारसम्म जाने गर्छ । अमेरिका, जापान लगायतका देशमा कार्की आचार पठाउँछन् ।

महिनाना १५ देखि २० किलोसम्म आचार बिदेश जाने गरेको उनी बताउँछन् । आम, अम्ला, मोसमी, निउरोको गरी १५ प्रकारको आचार उनी बेच्ने गर्छन् ।

dirghayi clinic

सिस्नुको धुलो पनि उनी बिदेश पठाउँछन् । काठमाडौसम्म सिस्नु धुलोको कारोबार पुगाएका छन् । मेला महोत्सव र सामाजिक सन्जालमा प्रचार गरी उनी समानको प्रचार गर्छछन् ।

धनगढीमा फर्मको शाखा बिस्तार गरी कारोबार तराई पुगाएका छन् । धनगढीमा गीता कृषि तथा लघु उद्यम फर्म खोलेका छन् । उनले धनगढीमा घर घडेरी बनाएका छन् । उनले दुई सन्तान अध्ययनका लागि विदेश पठाएका छन् ।

कार्कीका चार छोरा छोरी छन् । उनले अध्ययनका लागि जेठी छोरी जापान पठाएका छन् । जापानमा काम सिकेपछि फर्केर लघु उद्यमका काममा लाग्ने कार्की बताउँछन् ।

कार्की आफू मात्रै उत्पादन गर्दैन । उनी अरुका उत्पादन पनि किनेर बिक्री गर्छन् । केही बर्षपछि महेन्द्रनगरमा फर्म खोलेर कारोबार बिस्तार गर्ने उनी बताउँछन् । 

‘घर खर्च यसैबाट चलेको छ, बिदेश गएर नान बडो काम गर्न भन्दा घर घरेडी बनाएको छु’ उनी भन्छन्, ‘केही साल पछि महेन्द्रनगर पनि आउँछ ।’

उद्यमी कार्की ५१ बर्षिय कार्की साझेदार थपेर व्यवसाय बढाउने सोचमा छन् । सुदूरपश्चिमका सबै जिल्लामा उद्यम पुगाउने योजनामा उनी छन् ।

लघु उद्यमी बनेपछि तराइसम्म कारोबार पुगाएका कार्कीले कैलालीको धनगढी उप महानगर पालिका ३ बोराडाडीमा जग्गा र घर किने । उनको आधा कट्टा जग्गा र अढाइ तले घर छ ।

कार्कीले सुदूरपश्चिम सरकारबाट सम्मान पाएका छन् । स्थानीय सरकारले उनलाई मेसिन सहयोग गरेको छ । सरकारको सहुलियत रिणमा छनौट हुन नसकेकोमा उनी दुःखी छन् ।

भन्छन्,‘स्थानीय सरकारले मेसिन किनि दिएको छ, प्रदेश सरकार सम्मान गरेको छ, सटार्ट स्फ कर्जा दुई पटक भरेको थिए, परेन ।’

तराईका मेला महोत्सवमा निरन्तर समान बिक्रि गर्दै आएका उनी गत बर्ष महेन्द्रनगर खुला मञ्च महोत्सवमा स्टल राखेका थिए । धनगढी महोत्सवमा पुरस्कार पाएको उनले बताए ।

 

Himal dental
सम्बन्धित
Loading...