

महेन्द्रनगर । काठमाडौमा जारी काँग्रेस १५ औ महाधिवेशनमा कञ्चनपुरका धेरै नेता केन्द्रीय सदस्यका लागि चुनावी मैदानमा देखिएका छन् ।
काँग्रेस निवर्तमान केन्द्रीय सदस्य सन्तोसी साउँद सहित ११ नेताले केन्द्रीय सदस्यका लागि उम्मेदवार मनोयन फाराम बुझाएका छन् ।
कञ्चनपुरबाट झण्डै एक सय हाराहारी महाधिवेशन प्रतिनिधि छन् । अहिले महाधिवेशनमा कञ्चनपुरका तीन क्षेत्रका केन्द्रीय सदस्यका लागि अघि बढेका हुन् ।
काँग्रेस कञ्चनपुरका पूर्व सभापतिद्वय पुस्करनाथ ओझा, बहादुर थापा र हरि प्रसाद बोहरा केन्द्रीय सदस्यका लागि उम्मेदवारको मनोनयन दर्ता गराएका छन् ।
उनीहरुमा थापा कञ्चनपुर ३, बोहरा र ओझा दुबै कञ्चनपुर २ बाट महाधिवेशन प्रतिनिधि छन् । सुदूरपश्चिम प्रदेश सभा सदस्य थापा केही महिना अघि आर्थिक मामिला मन्त्रीबाट हटेका थिए ।

काँग्रेसको १२ औं महाधिवेशनमा उनी कञ्चनपुर काँग्रेसको सभापति भएका थिए ।
थापा बोहरा सभापति भएका थिए । ओझा उनीहरु भन्दा अघिल्लो समितिको सभापति भएका थिए ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिह विष्टले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ बाट विष्ट महाधिवेशन प्रतिनिधि छन् ।
विद्यार्थी राजनीतिबाट आएका लेखराज जोशी, बेदकोट काँग्रेसका पूर्व नगर सभापति पुष्पराज भट्ट, गंगा नेगी विष्ट, लाल बहादुर राय, दिपक बहादुर सिह र मदनराज उपाध्यय केन्द्रीय सदस्यका लागि चुनावी मैदानमा पुगेका छन् ।
उनीहरुमध्ये सिंह २०७९ को निर्वाचनमा कञ्चनपुर ३ बाट प्रतिनिधि सभा सदस्यमा बागी उम्मेदवार भएका थिए ।
काँग्रेसले कारवाही गरेका उनी फिर्ता भएपछि पार्टीमा फर्किएका थिए ।
काँग्रेस संशोधित विधान अनुसार सुदूरपश्चिमबाट महिला सहित चार जना केन्द्रीय सदस्य हुने छन् । उम्मेदवारमध्ये अधिकाँश सुदूरपश्चिम भूगोलका छन् । केही नेता खस आर्य समानुपातिक पनि उम्मेदवार छन् ।
