ghar sansar

दोधारा चाँदनीमा बाटोको कहालीलाग्दो व्यथा बोक्दै आएको यति पुरानो वस्ती

khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका ६ चौराहा टोलकी सृष्टि सुनार भानु माध्यमिक बिद्यालयमा पढ्छिन् ।

बोगटी टोलको मुख्य बाटो भएर बिद्यालय पुग्न एक घण्टा लाग्ने भएकोले उनी खोलाको बाटो हुँदै आउजाउ गर्दै आएकी छन् । स्थानीयको खेत हुँदै खोला तरी आधा घण्टामा विद्यालय पुग्ने गर्छिन् ।

बर्खामा आउजाउ गर्न अफ्ठेरो हुने गरेको उनी बताउँछिन् । ‘किचर बहुत हुन्छ, हामीलाई निकै समस्या छ, पानी पनि घँुडासम्म हुन्छ’ उनले भनिन्, ‘ नत्र अर्को बाटो घुमेर जानु पर्छ ।

भानु माध्यमिक विद्यालयकी विद्यार्थी अन्जली घटालले खल्ला वारपार आउजाउ निकै समस्या हुने गरेको सुनाईन । तीन दिन लगातार हिँडे खुट्टामा समस्या आएको पीडा घटालले पोखिन ।

‘धेरै ठूलो खल्ला छ, पानी पनि धेरै हुन्छ, दुई तीन दिन हिँडे खुट्टा पाक्छ’ उनले भनिनु, ‘खोला आएको दिन तर्न सकिदैन, हामीलाई धेरै समस्या छ ।’

दोधारा चाँदनी नगरपालिका ६ र ७ को सीमाको यो वस्तीका बालबालिका कमलाशा आधारभूत र भानु माध्यमिक बिद्यालयमा पढ्ने गरेका छन् ।

पशुपति आधारभूत बिद्यालयमा ५ कक्षा पढेपछि उनीहरु भानुमा जाने गरेका हुन् । बोगटी टोलको बाटो लामो भएकाले विद्यार्थी र स्थानीयले पशुपति आधारभूत विद्यालय नजिक खोलाको बाटो प्रयोग गर्दै आएका छन् ।

हिउँदभर सधैं आउजाउ हुने यो बाटो बर्खामा खोला भरिएपछि बन्द हुने गरेको छ । केही बर्ष अघिसम्म चौराही टोलमा पर्ने यो बस्ती अहिले शान्ति टोलमा थियो । आधासम्म भने चौडा बाटोले दुई वडालाई छुट्याएको छ ।

सरकारी नक्साको आधा बाटोपछि स्थानीयका खेतबारीका मेड भएर खोला तरेर मुख्य बाटोमा पुग्ने गरिन्छ ।

बस्तीमा सबैभन्दा ठूलो समस्या बाटोको भएको टोलका देब बहादुर सुनार बताउँछन् ।

‘सबै भन्दा ठूलो समस्या बाटोकै नै छ, केटाकेटीलाई स्कुल लगाउन समस्या छ, खल्लो तर्न पर्छ, बिहान चिटिक्क परी स्कुल गएका केटाकेटी साझ कपडामा हिलो बोकेर आउँछन्’ उनले भने ।

बालबालिकालाई एक्लै स्कुल पठाउन सकिने अवस्था नभएको सुनारले सुनाए ।

बोगटी टोल हुदै मोडिएर जाने बाटो लामो भएकाले बालबालिका छोटो बाटो जान मन पराउने गरेको स्थानीय बताउँछन् ।
स्थानीय यम प्रसाद अधिकारी घुमाउरो बाटो टाढा हुने भएकाले बालबालिका छोटो बाटो भएर जादा स्कुल जाने गरेको बताउँछन् ।

‘हाम्रो यहाँ समस्या कस्तो छ भने बाटो छ, निकास छैन, बालबालिका स्कुल जानु घुमाउरो बाटो भएर जादा लामो हुन्छ’ उनले भने,‘यो भएर जादा नजिक हुन्छ ।’

बिद्यालय गएका बालबालिका घर नफर्केसम्म सधै चिन्ता हुने गरेको अधिकारी बताउँछन् । आफूहरुको चौराहा टोल बाहेक अन्य सबै ठाउमा बाटो पिच भएको देखेको अधिकारी बताउँछन् ।

बाटो बनाउन स्थानीय बर्षौदेखि माग गर्दै आएक छ्न । हरेक चुनावमा बस्तीमा आउने उम्मेदवारसित उनीहरू बाटोको मात्रै माग गर्दै आएका छन् ।

dirghayi clinic

चुनावमा नेताहरू बाटो बनाउने प्रतिवद्वता गर्ने र बाटो चाहि कहिल्यै बन्न नसकेको स्थानीय पदम बहादुर सुनारले बताए ।

पूर्व गृहमन्त्री रमेश लेखकदेखि सुदूरपश्चिम सरकारका पूर्व सामाजिक बिकास मन्त्री बेल बहादुर राना, दोधारा चादनीका निवर्तमान मेयर बीर बहादुर सुनार, वडा अध्यक्ष ओम बस्नेत सबैसम्म बाटोको पीडा सुनाई सकेका छन् ।

‘नेताहरुलाई कति पटक सुनायौ, हिसाब किताब छैन, अब सुनाउनलाई पनि कोही बाँकी छैन’ स्थानीय सुनारले भने ।

२०७४ को स्थानीय तह निर्वाचनमा चुनाव प्रचार गर्दै बस्तीमा पुगेका निवर्तमान मेयर सुनार बाटो नभएको पीडा सुनाउदा छ्क्क परेका थिए ।

‘गाउँ रहेछ, यस्तो त देखेको थिएन, अब म बाटो खोल्छु’ निवर्तमान मेयर सुनारले चुनावी प्रचारमा प्रतिवद्वता गरेका थिए ।

उनी चुनाव जितेपछि फेरि वस्तीमा पुगेर वाचा दोहो¥याएका थिए । सुनार पाँच बर्षे कार्यकाल सकिए पनि बाटो भने बन्न सकेन ।

अहिले सुनारका प्रतिद्वन्द्वी किशोर कुमार लिम्बु मेयर छन् । लिम्बूको कार्यकाल पनि अन्तिमतिर पुगेको छ । मेयर लिम्बु यही टोलसित जोडिएको ७ नम्बरका हुन् ।

बाबाथान बजार सहितको ७ नम्बर राजनीतिक रुपमा बलियो मानिन्छ । सुदूरपश्चिम सरकारका पूर्व सामाजिक बिकास मन्त्री राना र पूर्व राज्य मन्त्री मान वहादुर सुनार ७ नम्बरका हुन् ।

मेयर लिम्बुसित बाटोका लागि माग राखिएको स्थानीय बताउँछन् । ‘अहिलेका मेयर भोट हाल्ने बेला आउन् भएको थियो, त्यसपछि पनि बोलाउन बोलायौ आउन भएन’ स्थानीय सुनारले भने ।

टोलका वासिन्दा देब बहादुर सुनारले टोलको लागि सबैभन्दा ठूलो समस्याका रुपमा बाटो भएको बताए । ‘समस्या अरु पनि छन्, तर बाटोको हाम्रो लागि सबैभन्दा ठूलो समस्या छ’ उनले भने ।

बाटोका कारण बालबालिकालाई बर्खा याममा आवतजावत गर्न सबैभन्दा बढी समस्या भएको अधिकारीले बताए । ‘हिउँदमा त्यति समस्या हुँदैन, यो बर्खामा बच्चाहरुलाई काख बोकेर वारपार गराउनु पर्छ’ उनले भने ।

बोगटी टोलदेखि सुरु बाटो पिपल चौतारी हुँदै गएपछि स्थानीयको खेतमा पुगेर सकिएको छ ।

पिपलचौतारा भएर जाने बाटो स्थानीय राजेश सुनारको जग्गामा पुगेर सकिएको छ । त्यसपछि सुनारको जग्गाको बाँया बाटो भएर शिवराज खड्काको जग्गाबाट बाटो खोलेर कमलशा विद्यालयसम्म पुग्न सकिने स्थानीय बताउँछन् ।

स्थानीयले सुनारको जग्गा भएर अर्का स्थानीय नन्द सुनार र शिवराज खड्काको जग्गाबाट बाटो खोलेर कलमशासम्म पुग्ने सकिने बताएका छन् ।

यो बाटो २०२४ सालमा बनेको हो । यो टोल वस्तीमा २०२२ सालदेखि बसेको हो ।

टोलका वासिन्दा अधिकारीले बाटो नभएर सुत्केरीलाई अस्पताल लैजान, बालबालिकालाई विद्यालयसम्म लैजान निकै समस्या भएको स्थानीय बताउँछन् ।

‘यो टोलमा समस्या छ, समस्या के छ भने बाटो छ, त्यसको निकास नै छैन, हामी स्कुल जान पनि घुमेर जानु पर्छ ’ उनले भने,‘बच्चाहरुलाई बोकेर स्कुल लैजान ल्याउनु पर्छ ।’

Himal dental
सम्बन्धित
Loading...