ghar sansar

सुदूरपश्चिम भलिबल संघको छैठौ अधिवेशन सुरु

khasi

महेन्द्रनगर । सुदूरपश्चिम भलिबल संघको छैठौ अधिवेशन सुरु भएको छ । शुक्लाफाँटा नगरपालिकाका मेयर रण बहादुर महराले अधिवेशन उद्घाटन गरेका छन् ।

dirghayi clinic

संघका प्रदेश अध्यक्ष देबराज भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष भरत शाह, नेपाली महिला भलिबल टीमका राष्ट्रिय प्रशिक्षक जगदीश भट्ट, सुुदूरपश्चिम खेलकूद विकास समितिका सदस्य लिला सिंह, राष्ट्रिय खेलकूद परिषदका पूर्व सदस्य हरक सिंह धामी, कञ्चनपुर जिल्ला खेलकूद विकास समितिका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिंह, भलिबल संघ कञ्चनपुरका अध्यक्ष श्याम सिंह मौनी लगायतले शुभ कामना मन्तव्य राखे ।

अधिवेशनबाट नयाँ समिति चयन हुनेछ । अधिवेशनमा सबै जिल्लाका दुई दुई प्रतिनिधि सहभागी भएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...