

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकास्थित भानु माध्यमिक विद्यालयका शिक्षक डम्बर दत्त जोशी माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन)ं को सुदूरपश्चिम प्रदेश महासचिव भएका छन् ।
हिस्टुनको तेस्रो अधिवेशनबाट जोशी महासचिव भएका चयन भएका छन् ।

प्लस टु दरबन्दीका शिक्षक जोशी शिक्षक हक अधिकारका लागि सधैं अग्र पंक्तिमा उभिने गरेका छनु । शिक्षकका समस्या, अधिकार र शैक्षिक क्षेत्रका सवाल सम्बन्धि सधैं बोल्दै आएका उनी अहिले शिक्षक युनियनको महासचिव भएका छन् ।
जोशी भानु बहुमुखी क्याम्पसमा पनि अध्यापन गर्दै आएका छन् ।
जोशीले शिक्षकका पेशागत हकहितको संरक्षण, शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षकका समस्या समाधान तथा संगठनलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
