ghar sansar

सुदूरपश्चिम भलिबल संघ निर्वाचन : अध्यक्षको उम्मेदवारी शुल्क सात हजार, उपाध्यक्ष सहित पदाधिकारी पाँच हजार र सदस्यलाई तीन हजार

khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश भलिबल संघको नयाँ समिति चयनका लागि निर्वाचन हुन लागेको छ । बन्द सत्रमा सर्वसम्मत समिति चयन गर्ने छलफल नभएपछि निर्वाचन गरी समिति चयन गर्न लागिएको छ ।

निर्वाचन समितिले निर्वाचन कार्यक्रम सार्वजनिक गरी प्रक्रिया अघि बढाएको छ । निर्वाचन समितिका अनुसार अध्यक्षका लागि सात हजार, अन्य पदाधिरी ५ हजार र सदस्यका लागि ४ हजार उम्मेदवारी शुल्क लगाईएको छ ।

अध्यक्ष र महासचिवमा दुई÷दुई जना उम्मेदवार भएका छनु् । उपाध्यक्ष र कोषाध्यक्ष निर्विरोध भएका छन् । प्रदेश समितिका चार सदस्यका लागि पाँच उम्मेदवार प्रतिस्पर्धामा आएका छन् ।

प्रमुख निर्वाचन अधिकृत चुडामणी कलौनीले अहिले ८ बजेदेखि मतदान हुने र मतदान सकिए लगत्तै मत गणना हुने निर्वाचन कार्यक्रम सार्वजनिक गरेका छन् ।

संघको प्रदेश नेतृत्वमा निवर्तमान अध्यक्ष देबराज भट्ट र प्रेमराज जोशी उम्मेदवार भएका छन् ।

dirghayi clinic

उपाध्यक्षमा भोजराज जोशी उम्मेदवार भएका छन् । जोशीको एकल उम्मेदवारी परेको छ । उनी निर्विरोध भएका छन् ।

संघका महासचिवका लागि दुई जना उम्मेदवार भएका छन् । सन्तोस भट्ट र जोग बहादुर दौल्याल महासचिवका उम्मेदवार छन् ।

कोषाध्यक्षमा बिमला क्षेत्रीको एकल उम्मेदवारी परेको छ । कोषाध्यक्ष पनि निर्विरोध भएको छ ।

संघको चार सदस्यका लागि प्रेम सिंह विष्ट, बल बहादुर सार्की, धन सिंह रावल, उद्धव बहादुर चन्द, खगेन्द्र नाथ योगी उम्मेदवार भएका छन् ।

संघको प्रदेश निर्वाचनमा ३१ जना मतदाताले मतदान गर्न पाउने छन् । शुक्लाफाँटा नगरपालिकाका मेयर रण बहादुर महराले अधिवेशन उद्घाटन गरेका छन् ।

संघका प्रदेश अध्यक्ष देबराज भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष भरत शाह, नेपाली महिला भलिबल टीमका राष्ट्रिय प्रशिक्षक जगदीश भट्ट, सुुदूरपश्चिम खेलकूद विकास समितिका सदस्य लिला सिंह, राष्ट्रिय खेलकूद परिषदका पूर्व सदस्य हरक सिंह धामी, कञ्चनपुर जिल्ला खेलकूद विकास समितिका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिंह, भलिबल संघ कञ्चनपुरका अध्यक्ष श्याम सिंह मौनी लगायतले शुभ कामना मन्तव्य राखे ।

Himal dental
सम्बन्धित
Loading...