

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश भलिबल संघको नयाँ समिति चयनका लागि मतदान सकिएको छ । निर्वाचन समितिका अनुसार २७ मत खसेको छ । केही समयपछि मत गणना सुरु हुने बताइएको छ।
संघको प्रदेश नेतृत्वमा निवर्तमान अध्यक्ष देबराज भट्ट र प्रेमराज जोशी उम्मेदवार भएका छन् । उपाध्यक्षमा भोजराज जोशी उम्मेदवार भएका छन् । जोशीको एकल उम्मेदवारी परेको छ ।
संघका महासचिवका लागि दुई जना उम्मेदवार भएका छन् । सन्तोस भट्ट र जोग बहादुर दौल्याल महासचिवका उम्मेदवार छन् ।

कोषाध्यक्षमा बिमला क्षेत्रीको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी छन् ।
संघको चार सदस्यका लागि प्रेम सिंह विष्ट, बल बहादुर सार्की, धन सिंह रावल, उद्धव बहादुर चन्द, खगेन्द्र नाथ योगी उम्मेदवार भएका छन् ।
संघको प्रदेश निर्वाचनमा ३१ जना मतदाताले मतदान गर्न पाउने छन् ।
शुक्लाफाँटा नगरपालिकाका मेयर रण बहादुर महराले अधिवेशन उद्घाटन गरेका छन् ।
