ghar sansar

कञ्चनपुरमा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौट सकियो, ३ सय ८१ खेलाडी छनौट

khasi

महेन्द्रनगर । १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुरमा प्रदेश छनौटका लागि तीन सय ८१ खेलाडी छनौट भएका छन् । जिल्ला खेलकूद विकास समितिका अनुसार २३ खेलमा उनीहरु छनौट भएका छन् ।

जिल्ला स्तरीय छनौटमा भएकाले सबै प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन पाउने भएका छन ।

dirghayi clinic

समितिका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिंह कैलाली र कञ्चनपुरमा प्रदेश स्तरीय छनौट हुने बताए । प्रदेश छनौटका ८ खेल कञ्चनपुरमा हुने छन् ।

समितिका अनुसार फुटबल ३६, भलिबल २८, लथलेटिक २५, क्रिकेट ३२, कबडी २८, बास्केटबल २४, ह्याडबल २४, ब्याडमिन्टन १३, टेबुलटेनिस ९, बुद्धिचाल ११, बक्सिङ्ग १३, उसु ९, तेक्वान्दो २६, कराँते २३, खोखो २२, फुलकन्ट्याक्ट १४, कुस्ती २१, आई आईटिएकफ तेक्वान्दो २६, सुटिङ्ग १३, जुडो ६, रग्बी २२, भारोत्तोलन ६ र जिम्नाटीका १ जना खेलाडी छनौट भएका छन् ।

‘१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि समितिले सार्वजनिक सूचना आह्वान गरेको थियो । जिल्लाभरका ९ सय ५ खेलाडीले आवेदन दिएका थिए ।

समतिका कार्यालय प्रमुख गोपादत्त भट्टले प्रदेश स्तरीय प्रतियोगितामा समेत अधिकाँश खेलाडी छनौट भएर राष्ट्रिय खेल्ने आश गरिएको बताए ।

Himal dental
सम्बन्धित
Loading...