ghar sansar

आरक्ष पीडितका पीडा : संकटकालमा सेना र हात्ती लगाएर धपाइए, अहिले हात्ती आएर लिन्छ ज्यान

khasi

महेन्द्रनगर । जग्गा आशमा शिविरमा जीवन बिताउँदै आएका शुक्लाफाँटा आरक्ष विस्थापित वासिन्दाले जंगली जनावरको आक्रमणबाट ज्यान गुमाउन थालेका छन् ।

सरकारले २०५८ मा संकटकालको मौका पारी सेना र हात्ती लगाएर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलका विभिन्न स्थानबाट बेदखल गरिएका परिवार २४ वर्षदेखि शिबिर बनाएर बस्दै आएका छन् ।

शुक्लाफाँटा नगरपालिका–१ तारापुरस्थित शिविरमा हात्तीको आक्रमणले ६० वर्षीया लक्ष्मी डगौरा चौधरीको ज्यान गएको छ ।

घरभित्र सुति रहेको अवस्थामा चौधरीमाथि हात्तीले आक्रमण गरेको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका हात्तीले टहराभित्र सुति रहेकी चौधरीमाथि आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताए ।

आरक्ष पीडित सङ्घर्ष समितिका अध्यक्ष मोतीराम डगौराका अनुसार हात्ती घरमै आक्रमण गर्न आएको थियो ।

‘हात्ती घरमै आक्रमण गर्न आएको रहेछ । ज्यान जोगाउन उनका श्रीमान् भागेर सुरक्षित भए, तर भाग्ने क्रममा लक्ष्मीलाई हात्तीले आक्रमण गरेपछि ज्यान गयो,’ आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष मोहन डगौराले भने ।

गत वर्ष माघ महिनामा ढक्का चानदेवस्थित आरक्ष पीडित शिविरमा हात्तीको आक्रमणबाट ६ वर्षीया बालिका रोजिना साउदको मृत्यु भएको थियो । उक्त घटनामा उनकी ५५ वर्षीया हजुरआमा पार्वती साउद गम्भीर घाइते भएकी थिइन् । अहिलेसम्म साउँद निको हुन सकेकी छैन ।

dirghayi clinic

हात्तीले बस्तीमा आएपछि शिविरका वासिन्दा त्रसित छन् । उनीहरु अहिले साँझ र राति घर बाहिर निस्कन सक्ने अवस्था नभएको बताउँछन् ।

जिल्लाभर दुई हजार परिवार पुनस्र्थापनको आशमा विभिन्न शिविरमा बसेका छन् । त्यसमध्ये सबैभन्दा बढी ढक्का शिविरमा ६ सय ४ परिवार छन् ।

सरकारले विस्थापित गरेपछि विभिन्न ठाउँमा बसाई सर्दै २०६४ देखि उनीहरु ढक्कामा बस्दै आएका हुन् ।

‘सरकारले हाम्रो व्यवस्थापन नगरेपछि जङ्गलको किनारमा खाली ठाउँ देखेपछि यहाँ बसेका छौँ,’ शिविरका मोतीलाल डगौराले भने, ‘सरकारले ३३ आयोग गठन गरे पनि हाम्रो व्यवस्थापन हुन सकेको छैन, २४ वर्ष बितिसक्यो ।’

हालसम्म ३३ आयोग बने पनि विस्थापितको समस्या समाधान भएको छैन । निकुञ्जको ‘कोर एरिया’ मा रहेको ढक्का सहित जिल्लाका १७ शिविरमा विस्थापित छन् ।

ढक्कामा ६ सय ४, तारापुरमा १ सय ८० र लल्लरेडाँडामा १३ परिवार बस्छन् । कृष्णपुर, शुक्लाफाँटा, बेदकोट, पुनर्वास र बेलडाँडीका शिविरमा २ हजार ४ सय ७३ परिवार विस्थापित छन् ।

त्यतिबेला भीमदत्त नगरपालिका–१४ र १६ को नयाँ कटान, बेदकोट–१० र शुक्लाफाँटा नगरपालिकाको सिमलफाँटामा पुनःस्थापना गरिएको थियो ।

तत्कालीन आरक्षको १५५ वर्गकिलोमिटर क्षेत्रलाई विस्तार गरी ३ सय ५ वर्गकिलोमिटर बनाइएको थियो ।

Himal dental
सम्बन्धित
Loading...