
काँग्रेस संस्थापन इतर कञ्चनपुरको १५ औं जिल्ला अधिवेशन : सभापति, उप सभापति र सह सचिवमा धेरै उम्मेदवारी, सचिवमा चार जना, अधिकाँश सदस्य निर्विरोध

महेन्द्रनगर । काँग्रेस संस्थापन इतर कञ्चनपुरको १५ औं अधिवेशनमा शुक्रबार उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । काँग्रेस पार्टी कार्यालयमा विहान ११ : ०० देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गरिएको छ ।
काँग्रेस जिल्ला नेतृत्वका लागि नितर्वमान सभापति पदम बोगटी सहित ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

बोगटीसंगै १४ औं महाधिवेशनमा उप सभापति र सचिव निर्वाचित पदाधिकारीले १५ औं अधिवेशनमा जिल्ला सभापतिका उम्मेदवार भएका छन् ।
निवर्तमान उप सभापति मिन बहादुर सिंह र सचिव हेमराज ओझा सभापतिका उम्मेदवारका भएका हुन् ।
सभापतिमा तरुण दल कञ्चनपुरका अध्यक्ष महेश चन्द, तरुण दलका पूर्व केन्द्रीय सदस्य कृष्ण पनेरु र पुष्पराज पाण्डेय सभापतिका लागि उम्मेदवारी दिएका छन् ।
काँग्रेस जिल्ला पदाधिकारीमध्ये उप सभापततिमा सबैभन्दा बढी सात जनाले उम्मेवारी दिएका छन् ।
दुई उप सभापतिका लागि भीम राज भट्ट सहित प्रकाश राज पन्त, भानु भक्त भट्ट, सिद्वराज भट्ट, दिल बहादुर देउवा, पवन बिक्रम सिंह र पशुपति थापा मगर उम्मेदवार भएका छन् । उनीहरुमध्ये निवर्तमान समितिमा भट्ट सचिव र सिंह कोषाध्यक्ष थिए ।
काँग्रेस जिल्ला सचिवका लागि चार जनाको उम्मेदवारी परेको छ । दुई सचिवका लागि झंकर खड्का, गणेश भट्ट, नर बहादुर साउद र निरन्जन प्रसाद भट्ट उम्मेदवार भएका छन् ।
दुई सह सचिवका लागि पुस्कर राज जोशी, राजेश कुमार ठकुराठी, भीम बहादुर दमाई, तारा सिंह भाट, उत्तम राज भट्ट र माधव प्रसाद भट्टले उम्मेदवारी भएका छन् ।

उनीहरुमध्ये जोशी दोधारा चाँदनी नगरपालिका ३ का निवर्तमान वडा अध्यक्ष हुन् । उनी १४ औं महाधिवेशनबाट काँग्रेस कञ्चनपुर ३ प्रदेश ख का सचिव थिए ।
नगरपालिका अन्र्तगत जिल्ला सदस्यका लागि भीमदत्तका लागि जगदीश विष्ट, धन सिंह महरा, धर्म सिंह रावल, दिलिप खड्का बिनोद र सुरक्षा खड्का उम्मेदवार भएका छन् ।
बेदकोटबाट डम्बरा मल्ल, लोकेन्द्र बहादुर रोकाया, धर्म बहादुर देउवा, दोधारा चाँदनी मनकला खनाल पुजारा, कमलापति भट्ट र महाबीर रोकाया, शुक्लाफाँटा नगरपालिका बीर बहादुर साउँद र नवराज पन्त, कृष्णपुर देबी चौधरी, अमर बहादुर विष्ट र मोहन बहादुर बस्नेतले जिल्ला सदस्यका लागि उम्मेदवारी दिएका छन् ।
पुनर्वासबाट निर्मला तमौली, लछी बोहरा, दल बहादुर धामी, बेलौरी गोपी गुरुङ्ग, हेमराज शाही र बिरेन्द्र चन्द बेलौरी नगरपालिकाबाट सदस्यमा उम्मेदवार भएका छन् ।
बेलडाँडी गाउँपालिकाबाट भागरथी शाही, देब सिंह ठगुन्ना, नर बहादुर सिंह, लालझाडीबाट छविलाल जोशी सदस्यका उम्मेदवार भएका छन् ।
समावेशी सदस्यतर्फ नव युवामा १८–२८ मा केशव जोशी र करिश्मा पुजारा, ४० वर्ष मुनिको सदस्यमा बिमल भट्ट र मन्जु कुँबर उम्मेदवार भएका छन् ।
चार महिला सदस्यका लागि मन्जुदेबी सिंह, शक्तीसी सि सुनार कार्की, निलम आले, जोत्सना कुमारी विष्ट उम्मेदवार भएका छन् ।
स आर्यमा नरेन्द्र बहादु्र बोहरा, नवराज जोशी, राजेन्द्र बहादुर सिंह, लोक बहादुर बुढा, पदम बहादुर विष्ट, भोजराज भट्ट, उत्तम कुमार बोहरा, कमल ठकुल्ला, राजेन्द्र रावल, शंकर सिंह भण्डारी र अमर बहादुर मल्लले जिल्ला सदस्यका लागि उम्मेदवारी दिएका छन् ।
जिल्ला सदस्यमा थारुबाट केवल सिंह राना, मधेसीमा सुनिता ठाकुर, श्रमिक विज्ञ दिलु प्रसाद बोहरा, सुुरेन्द्र बहादुर सिंह, द्वन्द्व पीडित, सहिद परिवार, प्रजातन्त्र सेनानीमा देब बहादुर जोराको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिका सदस्य उमेश जोशीले निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ता भएको र शनिबार अन्तिम नामावली प्रकाशन गरिने बताए ।
जिल्ला अधिवेशनमा दुई हजार दुई सय ८६ मतदाताले मतदान गर्न पाउने छन् ।
