

महेन्द्रनगर । कञ्चनपुरबाट १ लाख ६४ हजारको अवैध सामान नियन्त्रणमा लिइएको छ ।

कञ्चनपुरको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य १ लाख ६४ हजार १५० बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।

भन्सार छलीको चिनी, खाने तेल, ओखर, टायर सिल्ट, प्लाष्टिक डोरी, कस्मेटिक लगायतका सामानहरु बिहिबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
