
रेविज विरुद्धको खोप लगाएको कुकुरले टोक्दा दोधारा चाँदनीमा एक जनाले गुमाए अकाल ज्यान, कसले दिएका थिए खोप लगाउन हुँदैन भन्ने सल्लाह

महेन्द्नगर । दोधारा चाँदनी नगरपालिकामा रेबिजका कारण एक जनाको मृत्यु भएपछि घट्नामा नयाँ खुलासा भएको छ ।
स्वास्थ्य अधिकारीहरुले ती मृतक व्यक्तिलाई टोक्ने कुकुरलाई खोप लगाएको भन्दै उनलाई लगाउन नदिएको मृत्यु भएको खुलेको छ । दोधारा चाँदनी १ मा ५४ वर्षिय ती व्यक्तिको केही दिन अघि रेबिजका कारण ज्यान गएको थियो ।
स्थानीयका अनुसार कुकुरले टोकेपछि उनलाई खोप लगाउन वेवास्ता गरिएको पाइएको छ ।

स्वास्थ्य निर्देशनालयका किटजन्य रोग अधिकृत हेमराज जोशीले कुकुरले टोक्दा पनि चिकित्सकको सल्लाह बमोजिम रेबिज खोप अनिवार्य लगाउनु पर्छ भन्ने विषयको जानकारी नहँुदा या कुकुरले टोक्दा लापरवाही गरी खोप नलगाउँदा मृत्यु भएको हुन सक्ने बुझिन आएको बताए ।
‘स्थानीयले कुकुरलाई खोप लगाइएकोले खोप लगाएको कुकुरले टोक्दा मानिसले खोप लगाउन नपर्ने बताएपछि निज मृतकले खोप नलगाएको भन्ने बुझिएको छ’ उनले भने ।
जोशीले चतेनाको कमीले ज्यान जाने गरेको भन्दै चिन्ता व्यक्त गरे ।

जोशीले कुकुरले टोकेपछि रेबिजबाट जोगिन अपाउन पर्ने सुझाव जोशीले दिएका छन ।
‘यो हाम्रा लागि दुर्भाग्यपूर्ण हो । यस घटनाबाट हामीले रेबिज सम्बन्धी थप ब्यापक प्रचार प्रसार गर्नु पर्ने देखिन्छ’ उनले भने ।
उनले बुँदागत रपमा ध्यान दिनु पर्ने कुरा जानकारी गराएका छन् ।
१. खोप लगाएको ÷ नलगाएको जुन सुकै कुकुर र जनावरले टोक्दा खोप लगाउनु अनिवार्य छ ।
२. एक चोटि रेबिज खोप लगाइ सकेको व्यक्ति ले दोश्रो पटक खोप लगाउदा जम्मा २ मात्रा मात्र लगाए हुन्छ ।
३. कुकुर लगायत जुनसुकै जनावरले टोकेमा छिटोभन्दा छिटो रेबिज विरुद्धको खोप लगाइ हाल्नु पर्छ ।
