ghar sansar

काँग्रेस संस्थापन इतर कञ्चनपुरको १५ औं अधिवेशनमा अधिकाँश जिल्ला सदस्य निर्विरोध, पदाधिकारी र खस आर्यमा मारामार

khasi

महेन्द्रनगर । काँग्रेस संस्थापन इतर कञ्चनपुरको १५ औं अधिवेशनमा नगरपालिका र गाउँपालिका सहित अन्य क्लस्टरका अधिकाँश जिल्ला सदस्य निर्विरोध भएका छन् ।

निर्वाचन समितिले सार्वजनिक उम्मेदवारी नामावली अनुसार बेदकोट, दोधारा चाँदनी, शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास, लालझाडीबाट सदस्य निर्विरोध भएका छन् । भीमदत्त नगरपालिकामा महिला सदस्य निर्विरोध भएकी छन् ।

ratnam

पुरुष सदस्यमा दुई सदस्यका लागि जगदीश विष्ट, धन सिंह महरा, धर्म सिंह रावल, दिलिप खड्का बिनोद खड्का उम्मेदवार भएका छन् ।

बेदकोटबाट डम्बरा मल्ल, लोकेन्द्र बहादुर रोकाया, धर्म बहादुर देउवा निर्विरोध भएका छन् । बेदकोट एक सदस्य रिक्त भएको छ ।

दोधारा चाँदनी नगरपालिकाबाट मनकला खनाल पुजारा, कमलापति भट्ट र महाबीर रोकाया काँग्रेस जिल्ला सदस्य निर्विरोध भएका छन् ।

शुक्लाफाँटा नगरपालिका बीर बहादुर साउँद र नवराज पन्त निर्विरोध भएका छन् । शुक्लाफाँटामा महिला उम्मेदवारी नपरेपछि रिक्त छ ।

dirghayi clinic

कृष्णपुरबाट देबी चौधरी, अमर बहादुर विष्ट र मोहन बहादुर बस्नेत तथा पुनर्वासबाट निर्मला तमौली, लछी बोहरा, दल बहादुर धामी निर्विरोध भएका छन् । लालझाडी गाउँपालिकाबाट छविलाल जोशीको उम्मेदवारी परेको छ ।

बेलौरीबाट गोपी गुरुङ्ग, हेमराज शाही र बिरेन्द्र चन्द र बेलडाँडी गाउँपालिकाबाट भागरथी शाही, देब सिंह ठगुन्ना, नर बहादुर सिंह सदस्यका उम्मेदवार भएका छन् ।

समावेशी सदस्यतर्फ नव युवामा १८–२८ मा केशव जोशी र करिश्मा पुजारा, ४० वर्ष मुनिको सदस्यमा बिमल भट्ट र मन्जु कुँबर उम्मेदवार भएका छन् ।

चार महिला सदस्य पनि निर्विरोध भएका छन् । महिला सदस्यमा मन्जुदेबी सिंह, शक्तीसी सि सुनार कार्की, निलम आले, जोत्सना कुमारी विष्ट उम्मेदवार भएका छन् ।

खस आर्यका चार जनाका लागि ११ जना उम्मेदवार भएका छन् । उनीहरुमा नरेन्द्र बहादु्र बोहरा, नवराज जोशी, राजेन्द्र बहादुर सिंह, लोक बहादुर बुढा, पदम बहादुर विष्ट, भोजराज भट्ट, उत्तम कुमार बोहरा, कमल ठकुल्ला, राजेन्द्र रावल, शंकर सिंह भण्डारी र अमर बहादुर मल्ल छन् ।

थारु क्लस्टरमा केवल सिंह राना, मधेसीमा सुनिता ठाकुर, श्रमिक विज्ञ दिलु प्रसाद बोहरा, सुुरेन्द्र बहादुर सिंह, द्वन्द्व पीडित, सहिद परिवार, प्रजातन्त्र सेनानीमा देब बहादुर जोरा सबैको एकल उम्मेदवारी परेपछि उनीहरु निर्विरोध भएका छन् ।

काँग्रेसको सभापति, उप सभापति र सचिव र सह सचिवका लागि २३ जना उम्मेदवार भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...