
काँग्रेस जिल्ला अधिवेशन उद्घाटन मञ्चबाटै दिएकी थिइन् मधुले चुनौति, २३ पदाधिकारीका उम्मेदवारमा पशुपति थापा भइन् एक्ली महिला उम्मेदवार

महेन्द्रनगर । काँग्रेस संस्थापन इतर कञ्चनपुरको १५ औं जिल्ला अधिवेशन उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेश सभा सदस्य मधुदेबी भारतीले जिल्ला पदाधिकारीमा महिलालाई मनोनित मान्य नहुने चुनौती दिएकी थिइन् ।
साँसद भारतीले मञ्चमा चुनावबाट पदाधिकारीमा आउने चुनौती दिएपछि सहभागी अधिकाँश महिलाले ताली बजाएर समर्थक गरेका थिए ।

काँग्रेसका नेताद्वय एनपी साउँद र रमेश लेखक सहभागी कार्यक्रममा भारतीले जिल्ला समितिमा महिला पदाधिकारी चुनावबाटै आउनु पर्ने भन्दै नेताहरुको ध्यानाकर्षण गराएकी थिइन् ।
शुक्रबार उम्मेदवारी दर्तामा भने जिल्ला पदाधिकारीमा एक जना महिला मात्रै उम्मेदवार भएका छन् ।
पशुपति थापा मगरले काँग्रेस जिल्ला उप सभापतिमा उम्मेदवारी दिएकी छन् । त्यस बाहेक सभापति, सचिव र सह सचिवमा महिलाको उम्मेदवारी परेको छैन ।
महिला उम्मेदवार भएको उप सभापतिमा सबैभन्दा बढी सात जना उम्मेदवार छन् । सभापति सहित जिल्ला पदाधिकारीमा २३ जना उम्मेदवार छन् । त्यसमा थापा एक्ली महिला हुन् ।
काँग्रेस जिल्ला नेतृत्वका लागि नितर्वमान सभापति पदम बोगटी सहित ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निवर्तमान उप सभापति मिन बहादुर सिंह र सचिव हेमराज ओझा सभापतिका उम्मेदवारका भएका हुन् ।
सभापतिमा तरुण दल कञ्चनपुरका अध्यक्ष महेश चन्द, तरुण दलका पूर्व केन्द्रीय सदस्य कृष्ण पनृेरु र पुष्पराज पाण्डेय सभापतिका लागि उम्मेदवारी दिएका छन् ।
दुई उप सभापतिका लागि भीम राज भट्ट सहित प्रकाश राज पन्त, भानु भक्त भट्ट, सिद्वराज भट्ट, दिल बहादुर देउवा, पवन बिक्रम सिंह र पशुपति थापा मगर उप सभापतिका उम्मेदवार भएका छन् । उनीहरुमध्ये निवर्तमान समितिमा भट्ट सचिव र सिंह कोषाध्यक्ष थिए ।
काँग्रेस जिल्ला सचिवका लागि चार जनाको उम्मेदवारी परेको छ । दुई सचिवका लागि झंकर खड्का, गणेश भट्ट, नर बहादुर साउद र निरन्जन प्रसाद भट्ट उम्मेदवार भएका छन् ।
दुई सह सचिवका लागि पुस्कर राज जोशी, राजेश कुमार ठकुराठी, भीम बहादुर दमाई, तारा सिंह भाट, उत्तम राज भट्ट र माधव प्रसाद भट्टले उम्मेदवारी भएका छन् ।
उनीहरुमध्ये जोशी दोधारा चाँदनी नगरपालिका ३ का निवर्तमान वडा अध्यक्ष हुन् । उनी १४ आंै महाधिवेशनबाट काँग्रेस कञ्चनपुर ३ प्रदेश ख का सचिव थिए ।

१५ औं अधिवेशनमा नगरपालिका र गाउँपालिका सहित अन्य क्लस्टरका अधिकाँश जिल्ला सदस्य निर्विरोध भएका छन् ।
निर्वाचन समितिले सार्वजनिक उम्मेदवारी नामावली अनुसार बेदकोट, दोधारा चाँदनी, शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास, लालझाडीबाट सदस्य निर्विरोध भएका छन् । भीमदत्त नगरपालिकामा महिला सदस्य निर्विरोध भएकी छन् ।
पुरुष सदस्यमा दुई सदस्यका लागि जगदीश विष्ट, धन सिंह महरा, धर्म सिंह रावल, दिलिप खड्का बिनोद खड्का उम्मेदवार भएका छन् ।
बेदकोटबाट डम्बरा मल्ल, लोकेन्द्र बहादुर रोकाया, धर्म बहादुर देउवा निर्विरोध भएका छन् । बेदकोट एक सदस्य रिक्त भएको छ ।
दोधारा चाँदनी नगरपालिकाबाट मनकला खनाल पुजारा, कमलापति भट्ट र महाबीर रोकाया काँग्रेस जिल्ला सदस्य निर्विरोध भएका छन् ।
शुक्लाफाँटा नगरपालिका बीर बहादुर साउँद र नवराज पन्त निर्विरोध भएका छन् । शुक्लाफाँटामा महिला उम्मेदवारी नपरेपछि रिक्त छ ।
कृष्णपुरबाट देबी चौधरी, अमर बहादुर विष्ट र मोहन बहादुर बस्नेत तथा पुनर्वासबाट निर्मला तमौली, लछी बोहरा, दल बहादुर धामी निर्विरोध भएका छन् । लालझाडी गाउँपालिकाबाट छविलाल जोशीको उम्मेदवारी परेको छ ।
बेलौरीबाट गोपी गुरुङ्ग, हेमराज शाही र बिरेन्द्र चन्द र बेलडाँडी गाउँपालिकाबाट भागरथी शाही, देब सिंह ठगुन्ना, नर बहादुर सिंह सदस्यका उम्मेदवार भएका छन् ।
समावेशी सदस्यतर्फ नव युवामा १८–२८ मा केशव जोशी र करिश्मा पुजारा, ४० वर्ष मुनिको सदस्यमा बिमल भट्ट र मन्जु कुँबर उम्मेदवार भएका छन् ।
चार महिला सदस्य पनि निर्विरोध भएका छन् । महिला सदस्यमा मन्जुदेबी सिंह, शक्तीसी सि सुनार कार्की, निलम आले, जोत्सना कुमारी विष्ट उम्मेदवार भएका छन् ।
खस आर्यका चार जनाका लागि ११ जना उम्मेदवार भएका छन् । उनीहरुमा नरेन्द्र बहादु्र बोहरा, नवराज जोशी, राजेन्द्र बहादुर सिंह, लोक बहादुर बुढा, पदम बहादुर विष्ट, भोजराज भट्ट, उत्तम कुमार बोहरा, कमल ठकुल्ला, राजेन्द्र रावल, शंकर सिंह भण्डारी र अमर बहादुर मल्ल छन् ।
थारु क्लस्टरमा केवल सिंह राना, मधेसीमा सुनिता ठाकुर, श्रमिक विज्ञ दिलु प्रसाद बोहरा, सुुरेन्द्र बहादुर सिंह, द्वन्द्व पीडित, सहिद परिवार, प्रजातन्त्र सेनानीमा देब बहादुर जोरा सबैको एकल उम्मेदवारी परेपछि उनीहरु निर्विरोध भएका छन् ।
काँग्रेसको सभापति, उप सभापति र सचिव र सह सचिवका लागि २३ जना उम्मेदवार भएका छन् ।
