
काँग्रेस पार्टी कार्यालय : भुई तलामा संस्थापन इतरको निर्वाचन कार्यालय, माथिल्लो तलामा संस्थापनको रङ्ग रोगन

महेन्द्रनगर । काँग्रेस संस्थापन इतरको १५ औं जिल्ला अधिवेशनमा उम्मेदवारी दर्ता प्रक्रिया अन्तिम चरणमा पुग्दा संस्थापनका युवा नेता गोकर्ण महरा पार्टी कार्यालय पुगेका थिए ।
‘तल चाहिँ उम्मेदवारी दर्ता भइ रहेको छ, माथि चाहिँ हामीले रङ्ग रोगन गरि रहेका छौ’ पार्टी कार्यालयमा बाहिर निस्कने क्रममा भने ।

काँग्रेस संस्थापनको १५ औं महाधिवेशन अन्तर्गत महरा युवाबाट महाधिवेशन प्रतिनिधिमा चुनाव लडेका थिए । संस्थापनले कञ्चनपुर उद्योग बाणिज्य संघमा क्षेत्रीय अधिवेशन गरेको थियो ।
भीमदत्त नगरपालिका १० का महरा शुक्रबार संस्थापन इतर समूहको उम्मेदवारी दर्ताको क्रममा पार्टी कार्यालय पुगेका थिए ।
संस्थापन इतरले १५ औं जिल्ला अधिवेशन अन्र्तगत पार्टी कार्यालयको भुई तलाको अगाडिको कोठामा निर्वाचन कार्यालय बनाएको छ ।
शुक्रबार विहान ११ बजे उम्मेदवारी दर्ता सुरु हुँदा निर्वाचन कार्यालयको ठिक माथिल्लो तल्लाको रेलिङ्गमा रङ्ग रोगन भइ रहेको थियो ।
‘त्यो माथि भई रहेको रङ्ग रोगन हामीले नै गरेका हौ, यसमा भुवन पाण्डेय दाईले अगुवाई गर्नु भएको छ’ महराले भने,‘हामीहरुले सहयोग संकलन गरी रङ्ग रोगन लगाउने कार्य भइ रहेको छ ।’
२०८२ भदौको जेनजी आन्दोलनमा काँगे्रस पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो ।
आगजनी र तोडफोडबाट क्षतिग्रस्त कार्यालयलाई मर्मत सम्भार गरिएपछि अहिले रङ्ग रोगन कार्य गरिएको छ ।
दुई तले पार्टी कार्यालयमा संस्थापन इतरले हालसम्म भीमदत्त नगर, क्षेत्रीय अधिवेशन गरेको छ । अहिले जिल्ला अधिवेशन पनि पार्टी कार्यालयमा गरिएको छ ।
बिहीबार जिल्ला अधिवेशन उद्घाटन समारोहमा काँग्रेस नेता एनपी साउँदले आफूहरुले सर्वोच्च अदालतबाट आधिकारिता पाउने दाबी गर्दै पार्टी कार्यालय आफूहरुको हुने बताएका थिए ।
जेनजी आन्दालनमा काँग्रेस सहित विभिन्न पार्टी कार्यालय र निजी घरमा आगजननी गरिएको उल्लेख गर्दै उनले काँग्रेस पार्टी कार्यालय बनाउन आफूहरुको पसिना लागेको बताएका थिए ।
काँग्रेस विशेष महाधिवेशनपछि पार्टी संस्थापन र संस्थापन इतर समूहमा बाँडिएको हो ।
संस्थापनको अझै जिल्ला अधिवेशन हुन सकेको छैन । जिल्ला अधिवेशनमा काँग्रेस नेता रमेश लेखकले पार्टी विभाजन भई सकेको बताएका थिए ।
संस्थापन इतरको १५ औं अधिवेशनमा सभापति सहित पदाधिकारी र सदस्यमा उम्मेदवारी दर्ता भएको छ ।
शनिबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ । काँग्रेस पार्टी कार्यालयमा शुक्रबार विहान ११ : ०० देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गरिएको थियो । निर्वाचन समितिले शनिबार दिउँसो अन्तिम नामावली सार्वजनिक गरिएको छ ।

जिल्ला सभापतिमा पदम बोगटी सहित ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निवर्तमान उप सभापति मिन बहादुर सिंह र सचिव हेमराज ओझा सभापतिका उम्मेदवारका भएका हुन् ।
सभापतिमा तरुण दल कञ्चनपुरका अध्यक्ष महेश चन्द, तरुण दलका पूर्व केन्द्रीय सदस्य कृष्ण पनेरु र पुष्पराज पाण्डेय सभापतिका लागि उम्मेदवारी दिएका छन् ।
काँग्रेस जिल्ला पदाधिकारीमध्ये उप सभापततिमा सबैभन्दा बढी सात जनाले उम्मेवारी दिएका छन् ।
दुई उप सभापतिका लागि भीम राज भट्ट सहित प्रकाश राज पन्त, भानु भक्त भट्ट, सिद्वराज भट्ट, दिल बहादुर देउवा, पवन बिक्रम सिंह र पशुपति थापा मगर उम्मेदवार भएका छन् । उनीहरुमध्ये निवर्तमान समितिमा भट्ट सचिव र सिंह कोषाध्यक्ष थिए ।
काँग्रेस जिल्ला सचिवका लागि चार जनाको उम्मेदवारी परेको छ । दुई सचिवका लागि झंकर खड्का, गणेश भट्ट, नर बहादुर साउद र निरन्जन प्रसाद भट्ट उम्मेदवार भएका छन् ।
दुई सह सचिवका लागि पुस्कर राज जोशी, राजेश कुमार ठकुराठी, भीम बहादुर दमाई, तारा सिंह भाट, उत्तम राज भट्ट र माधव प्रसाद भट्टले उम्मेदवारी भएका छन् ।
उनीहरुमध्ये जोशी दोधारा चाँदनी नगरपालिका ३ का निवर्तमान वडा अध्यक्ष हुन् । उनी १४ औं महाधिवेशनबाट काँग्रेस कञ्चनपुर ३ प्रदेश ख का सचिव थिए ।
गरपालिका अन्र्तगत जिल्ला सदस्यका लागि भीमदत्तका लागि जगदीश विष्ट, धन सिंह महरा, धर्म सिंह रावल, दिलिप खड्का बिनोद र सुरक्षा खड्का उम्मेदवार भएका छन् ।
बेदकोटबाट डम्बरा मल्ल, लोकेन्द्र बहादुर रोकाया, धर्म बहादुर देउवा, दोधारा चाँदनी मनकला खनाल पुजारा, कमलापति भट्ट र महाबीर रोकाया, शुक्लाफाँटा नगरपालिका बीर बहादुर साउँद र नवराज पन्त, कृष्णपुर देबी चौधरी, अमर बहादुर विष्ट र मोहन बहादुर बस्नेतले जिल्ला सदस्यका लागि उम्मेदवारी दिएका छन् ।
पुनर्वासबाट निर्मला तमौली, लछी बोहरा, दल बहादुर धामी, बेलौरी गोपी गुरुङ्ग, हेमराज शाही र बिरेन्द्र चन्द बेलौरी नगरपालिकाबाट सदस्यमा उम्मेदवार भएका छन् ।
बेलडाँडी गाउँपालिकाबाट भागरथी शाही, देब सिंह ठगुन्ना, नर बहादुर सिंह, लालझाडीबाट छविलाल जोशी सदस्यका उम्मेदवार भएका छन् ।
समावेशी सदस्यतर्फ नव युवामा १८–२८ मा केशव जोशी र करिश्मा पुजारा, ४० वर्ष मुनिको सदस्यमा बिमल भट्ट र मन्जु कुँबर उम्मेदवार भएका छन् ।
चार महिला सदस्यका लागि मन्जुदेबी सिंह, शक्तीसी सि सुनार कार्की, निलम आले, जोत्सना कुमारी विष्ट उम्मेदवार भएका छन् ।
खस आर्यमा नरेन्द्र बहादु्र बोहरा, नवराज जोशी, राजेन्द्र बहादुर सिंह, लोक बहादुर बुढा, पदम बहादुर विष्ट, भोजराज भट्ट, उत्तम कुमार बोहरा, कमल ठकुल्ला, राजेन्द्र रावल, शंकर सिंह भण्डारी र अमर बहादुर मल्लले जिल्ला सदस्यका लागि उम्मेदवारी दिएका छन् ।
जिल्ला सदस्यमा थारुबाट केवल सिंह राना, मधेसीमा सुनिता ठाकुर, श्रमिक विज्ञ दिलु प्रसाद बोहरा, सुुरेन्द्र बहादुर सिंह, द्वन्द्व पीडित, सहिद परिवार, प्रजातन्त्र सेनानीमा देब बहादुर जोराको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिका सदस्य उमेश जोशीले निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ता भएको र शनिबार अन्तिम नामावली प्रकाशन गरिने बताए ।
जिल्ला अधिवेशनमा दुई हजार दुई सय ८६ मतदाताले मतदान गर्न पाउने छन् ।
