ghar sansar

गेटा मेडिकल कलेजलाई चिकित्सा विश्वविद्यालय बनाउनु पर्ने माग गर्दै सुदूरपश्चिमका साँसद पुगे बालुवाटार , प्रधानमन्त्री देउवालाई बुझाए ज्ञापन

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका साँसदले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कजेललाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन माग गर्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन बुझाएका छन् । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदले प्रधानमन्त्री देउवलाई ज्ञापन बुझाएका छन् ।

साँसदहरुले प्रधानमन्त्रीलाई गेटा मेडिकल कलेजलाई किन विश्वविद्यालय बनाउन आवश्यक छ भन्ने विषयमा बुँदागत रुपमा ज्ञापन पत्रसमेत बुझाएका छन् ।

,orning glory badhai

‘देश संघीय संरचनामा गइसकेको अवस्था छ । विकास निर्माणको दृष्टिकोणबाट पछि पारिएको सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म स्वास्थ्य क्षेत्रतर्फ भरपर्दो आधार निर्माण हुन सकेको छैन । कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेज सञ्चालनको काम निकै ढिलो भएको छ,’ उनीहरुले ज्ञापन पत्रमा भनेका छन्, ‘अहिले सरकारले डडेलधुरामा पनि मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेको छ। त्यहाँ कलेज स्थापना हुनु आफ्नो ठाउँमा उपयुक्त नै होला तर, भौतिक संरचना लगायतका थुप्रै संरचना निर्माण भइसकेको गेटाका विषयमा प्रष्ट रुपमा सरकारको ध्यान गएको देखिएको छैन ।’

विश्वमा धेरैजसो स्वास्थ्य क्षेत्रका लागि नै भनेर विश्वविद्यालय स्थापना गरिएका प्रशस्त उदाहरण भएपनि नेपालमा त्यसको व्यवस्था अझै नथालिएको सांसदहरुको भनाइ छ ।

‘गेटा मेडिकल कलेजलाई मेडिकल राष्ट्रिय चिकित्सा विश्वविद्यालयका रुपमा अगाडि बढाउनेतर्फ सरकारको ध्यान जानु पर्छ,’ विश्वविद्यालय बनाउनु पर्ने भन्दै पहल गर्दै आएका कञ्चनपुरका प्रतिनिधि सभा सदस्य डा. दीपकप्रकाश भट्टले भने, ‘सरकारले यसतर्फ ध्यान दिन सक्यो भने त्यसबाट सुदूरपश्चिमको स्वास्थ्य सेवामा ठूलो योगदान पु¥याउने छ ।’

सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, बयलपाटा अस्पलात र डडेलधुरामा रहेको संघीय अस्पतालका अन्य जिल्ला अस्पतालहरुलाई समेत विश्वविद्यालय अन्तर्गत आंगिक मेडिकल संस्थानका रुपमा सञ्चालन गर्न सकेमा त्यसले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मार्ने बताइएको छ ।

गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रुपमा अगाडि बढाउनुपर्ने भन्दै आवाज उठाउँदै आएका सामाजिक अभियन्ता अभयराज जोशीले राज्यले मेडिकल कजेललाई विश्वविद्यालयका रुपमा स्थापना गर्न सके त्यसले सुदूरपश्चिम मात्र नभइ नेपालको स्वास्थ्य क्षेत्रमा नै ठूलो सुधार ल्याउने बताए ।

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रुपमा अगाडि बढाउने कुरामा आफू सकारात्मक रहेको भन्दै पहिला प्रतिष्ठान बनाएर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

dirghayi clinic

‘म तपाईंहरुले उठाएको विषयमा सकारात्मक छु। यसका विषयमा पहिले अध्ययन गरौं,’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै जोशीले भने, ‘पहिले प्रतिष्ठानका रुपमा सुरु गरेर त्यसपछि अध्ययन गरी विश्वविद्यालयका रुपमा अघि बढाउनु पर्छ ।’

राष्ट्रिय चिकित्सा विश्वविद्यालय किन आवश्यक छ भनेर प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा समावेश बुँदाहरू :

१. प्रस्तावित गेटा मेडिकल कलेजलाई स्तरोन्नति गरेर राष्ट्रिय चिकित्सा विश्वविद्यालयका रुपमा अघि बढाउँदा सुदूरपश्चिम मात्रै होइन समग्र नेपालमै स्वास्थ्य क्षेत्रको अध्ययन, अध्यापन, सन्धान, अनुसन्धान गर्नेदेखि लिएर अध्ययनका लागि पनि आफ्नै क्षेत्रमा वातावरण बन्ने छ। जसबाट वर्षेनी करोडौं रुपैयाँ मेडिकल शिक्षाका लागि बाहिर गइरहेको छ त्यो रोकिने छ ।

२. वर्षौंदेखि गुणस्तरीय स्वास्थ्य सेवा नपाइरहेका नागरिकहरुले अहिले पनि नेपालगञ्ज, चितवन, काठमाडौं वा भारतका विभिन्न ठाँउहरुमा धाउनुपर्ने बाध्यता छ। जसले गर्दा गम्भीर प्रकृतिका बिरामीले सास्ती खेप्नु परेको छ। गेटा मेडिकल विश्वविद्यालय निर्माण भए त्यसबाट नागरिकले सर्वसुलभ र प्रभावकारी सेवा लिन सक्नेछन् ।

३. स्वास्थ्य क्षेत्रमा ठूलो रुपान्तरण हुनेछ । त्यसले समग्र सुदूरपश्चिमको आर्थिक गतिविधिदेखि स्वास्थ्य पर्यटन लगायतका अन्य विविध विषयमा पनि मद्दत पुगाउने छ ।

४. विश्वविद्यालय स्थापना भएमा देशभित्र र देश बाहिरबाट पनि ठूलो मात्रामा जनशक्ति फर्केर आउने छन्। यहाँ विश्वविद्यालय स्थापना भएपछि स्वदेशमै रोजगारीको अवसर सिर्जना हुनेछ । जसबाट विदेशीएको जनशक्ति पनि आफ्नै क्षेत्रमा आएर सेवा दिनका लागि अग्रसर हुने अवस्था पनि सिर्जना हुनेछ ।

५. विश्वविद्यालयको स्थापना भएसँगै यसले कैलालीको गेटा क्षेत्र मात्रै होइन समग्र सुदूरपश्चिम र देशकै स्वास्थ्य अवस्थामा देखिएको समस्यामा आमुल परिवर्तन ल्याउने छ । मुख्यगरी सुदूरपश्चिमका पहाडी जिल्ला र तराईंका जिल्लाहरुमा पनि अहिले नागरिकलाई पाउँदै आएको स्वास्थ्य सेवाभन्दा अझ बढी गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण बन्ने छ ।

६. विश्वविद्यालय स्थापना भएसँगै यहाँ मेडिकल शिक्षाका विभिन्न कार्यक्रमहरु जस्तै, फार्मेसी, पब्लिक हेल्थ, मेडिकल ल्याबोरेटरी, फिजियोथेरापी, डेन्टल, अप्टोमेट्री र फड साइन्स लगायत आधुनिक चिकित्सा विज्ञानका नयाँ र आवश्यक विधाका कोर्सहरु सञ्चालन हुनेछन्। यसबाट दक्ष जनशक्ति उत्पादन गर्नेछ । विभिन्न विदेशी विद्यार्थी, प्राध्यापक लगायतका अध्ययन अनुसन्धान गर्न चाहने मानिसहरू पनि यहाँ आउनेछन् । जसका कारणले यस प्रदेशको समग्र विकासको प्रकृयाले गति लिनेछ ।

७. विश्वविद्यालय स्थापना गरेर अघि बढ्न सकेको खण्डमा आम नागरिकले पनि मेडिकल अध्ययनका लागि अवसर प्राप्त गर्नेछन् । बढ्दो बेरोजगारी समस्याले उत्पादन भएका जनशक्ति विदेशीनु पर्ने जुन समस्या छ त्यसलाई न्यूनीकरण गर्ने कार्य हुनेछ।

Himal dental
सम्बन्धित
Loading...