ghar sansar

लोकेन्द्र लम्साल : जनयुद्धमा भौतिक सफायाको धम्की, अहिले चुनाव कमाण्डर

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा सत्तारुढ गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन परिचालन समिति बनाएको छ । पुनर्वासमा शुक्रबार बसेको काँग्रेस माओवादी केन्द्रको बैठकले दुवै पार्टीका नेता सम्मिलित समिति बनाएको छ ।

बैठकले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लोकेन्द्र लम्साल संयोजकत्वमा काँग्रेसका क्षेत्रीय सभापति गोपि प्रसाद उपाध्यायलाई सह संयोजक रहने गरी समिति बनाएको हो ।

ratnam malkhad

निर्वाचन क्षेत्र नम्बर एकको प्रदेशसभा १ मा निर्वाचन परिचालन समितिमा लागि नेपाली काँग्रेसका प्रदेश १ का सभापति मान बहादुर रोकाया संयोजकको जिम्मेवारी दिएको छ । बैठकले सह संयोजक मा माओवादी केन्द्रका कञ्चन गिरी लाई जिम्मेवारी दिएको छ ।

कञ्चनपुर १ को प्रदेश सभा २ मा काँग्रेसका प्रदेश सभा २ का सभापति चेतन कुमार राइलाई निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी दिएको छ । सह संयोजकमा नेकपा माओवादी केन्द्रका राजेन्द्रप्रसाद जोशीलाई जिम्मेवारी दिइएको छ ।

Himal dental
सम्बन्धित
Loading...