ghar sansar

चुनावी मैदानमा होमिएपछि लेखक र रावलबीच किन भयो तीन पटक भेटघाट

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावलले कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रमेश लेखकसित तीन पटकसम्म भेटघाट गरिएको खुलासा गरेका छन् । सत्ता गठबन्धनबाट समाजवादीलाई बाहिर राखेर चुनावी प्रतिस्पर्धामा गएपछि उनीहरुबीच भेटघाट भएको हो ।

‘संघीय निर्वाचनको लागि उम्मेदवारी दिने तयारीमा थियौ, माओवादीको पनि तयारी रहेछ’ काँग्रेसले एकले अर्कोलाई झुक्याई रहेको छ,’ सोमबार नेकपा एकीकृत समाजवादीले गरेको पत्रकार सम्मेलनमा उनले भने,‘त्यसपछि पनि दुई तीन पटक भेटघाट भइ सकेको छ, वहाँले मलाई नि गाह्रो छ, कसरी मिलाउन सकिन्छ भनेर कुराकानी भएका छन् ।’

,orning glory badhai
dirghayi clinic

दुई नेताबीच भेटघाटमा दुबैलाई सहज कसरी बनाउन सकिने विषयमा छलफल भएको र कार्तिक ६ गतेको धनगढी बैठकबाट प्रष्ट हुने बताए । ‘कार्तिक ६ गते धनगढीमा सर्वदलीय बैठक हुन्छ, त्यसबाट सबै क्लियर हुन्छ’ उनले भने ।

सुदूरपश्चिम प्रदेश सरकारका अर्थमन्त्री रावल कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ क मा प्रदेश सभा सदस्य उम्मेदवार भएका छन् । ३ क मा रावललाई दिने छलफल अन्तिममा आएर रोकिएर माओवादी केन्द्रका टेकेन्द्र प्रसाद भट्टलाई टिकट दिइएको थियो ।

मन्त्री रावलले गठबन्धनबाट टिकट नपाएर एकल प्रतिस्पर्धामा गएपछि प्रतिनिधि सभा सदस्य उम्मेदवार लेखक मतदाताको क्षेत्रीय सहानुभूति बटुल्न रावलसित भेटघाट गर्न थालेका छन् । उनले रावललाई भेटेपछि गठबन्धनका उम्मेदवार भट्ट नजिकका नेता कार्यकर्ता भने सशंकित हुन थालेका छन् ।

समाजवादीमा काँग्रेसले विश्वास नगरी अन्तिममा रावलका टिकट खोसेर भट्टलाई उम्मेदवार बनाएको आशंका गरिएको छ । त्यहीं आशंकालाई मेट्न लेखक रावलसित भेटघाट गरेको हुन सक्ने राव निकट नेताहरु बताउँछन् ।

Himal dental
सम्बन्धित
Loading...