

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महेन्द्रनगर नगर विकास समितिको जग्गा हिनामिना र लिज प्रकरणमा फेरि ३७ जना विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । नगर विकास समितिका तत्कालिन अध्यक्षहरु, कर्मचारी, मालपोत कार्यालयका तत्कालिन प्रमुख तथा अधिकृतहरु तथा जग्गा नाममा लिने ३७ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरिएको हो ।

समितिका तत्कालीन अध्यक्ष गोपाल रसाईली, पल्टु राना, पुष्कल चौधरी, तत्कालीन सदस्य सचिव चन्द्र प्रसाद चौधरी, नगर विकास समिति तत्कालीन नायव सुब्बा पुष्पराज भट्ट, तत्कालीन अमिन तुलादत्त जोशी, तत्कालीन प्रमुख मालपोत अधिकृत कृष्ण कुमार निरौला, तत्कालीन मालपोत अधिकृत विशन सिंह थापा, तत्कालीन मालपोत अधिकृत अशोक कुमार भण्डारी, तत्कालीन मालपोत अधिकृत शंकर बहादुर विष्ट, मालपोत कार्यालय तत्कालीन शाखा अधिकृत दलजित भट्ट, मालपोत कार्यालय तत्कालीन शाखा अधिकृत जय बहादुर विष्ट, मालपोत कार्यालय तत्कालीन शाखा अधिकृत घनश्याम दत्त विष्ट, मालपोत कार्यालय तत्कालीन नायब सुब्बा गणेश बहादुर ऐर, मालपोत कार्यालय तत्कालीन नायव सुब्बा नयन सिंह कुँवर, मालपोत कार्यालय तत्कालीन नायव सुब्बा भिम सिंह रावल, मालपोत कार्यालय तत्कालीन खरिदार नरेन्द्र वहादुर ऐर, मालपोत कार्यालय तत्कालीन खरिदार नमराज भट्ट, नापी कार्यालय तत्कालीन प्रमुख नापी अधिकृत मोहन चन्द ठकुरी, नापी कार्यालय तत्कालीन नापी अधिकृत पुष्पराज जोशीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

त्यसै गरी अख्तियारले, नगर विकास समितिबाट प्रथम तहमा जग्गा खरिद गर्ने व्यक्ति लिलावती धामी, नगर विकास समितिबाट प्रथम तहमा जग्गा खरिद गर्ने व्यक्ति जय बहादुर कामी, नगर विकास समितिबाट प्रथम तहमा जग्गा खरिद गर्ने व्यक्ति महेश बिष्ट, नगर विकास समितिबाट प्रथम तहमा जग्गा खरिद गर्ने व्यक्ति नवराज ऐर, नगर विकास समितिबाट प्रथम तहमा जग्गा खरिद गर्ने व्यक्ति जानकी चन्द, नगर विकास समितिबाट प्रथम तहमा जग्गा खरिद गर्ने व्यक्ति महेश प्रसाद दहाल, नगर विकास समितिबाट प्रथम तहमा जग्गा खरिद गर्ने व्यक्ति बेलु देबी कामी, बिचौलिया मदन दमाई, हाल कायम जग्गाधनी अनिता गुप्ता, लक्ष्मी विष्ट, गिता देवी सिंह, फुन्नी कपाडी, जानकी कुमारी हमाल, पद्मा देवी ओझा, मान बहादुर थापा, गुमा देवी पन्त र लक्ष्मी देवी बडुवालविरुद्ध पनि मुद्दा दर्ता गरेको छ ।

