ghar sansar

दार्चुलाबाट चुनावी अभियान थाल्ने एमाले तयारी, अध्यक्ष ओली कार्तिक १८ गते महेन्द्रनगर आउने

dirghayu ad

महेन्द्रनगर । नेकपा एमालेले सुदूरपश्चिमको दार्चुलाबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रचार अभियान सुरु गर्ने भएको छ । कार्तिक १८ गते दार्चुलाबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्ने भएका हुन् ।

आसन्न संसदीय चुनावलक्षित राष्ट्रव्यापी चुनावी अभियानको प्रथम आमसभा दार्चुलामा हुने एमाले सुदूरपश्चिमका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए । उनले भने, ‘१८ गते दार्चुलाबाट आमसभा उद्घाटनपछि क्रमशः अन्य ठाउँमा पनि सभाहरु हुन्छन्।’ उनका अनुसार १८ गते नै बैतडी र कञ्चनपुरमा पनि चुनावी आमसभा हुने कार्यक्रम तय भएको छ ।

ratnam malkhad

सबै ठाउँका आमसभालाई ओलीले सम्बोधन गर्नेछन् । एमालेले भारतद्वारा अतिक्रमित भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो ।

यसलाई सुदूरपश्चिमका एमाले नेता तथा कार्यकर्ताले अर्थपूर्ण रुपमा हेरेको जनाएका छन्। ओली नेतृत्वको सरकारको बेला भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र समेटेर नेपालको नक्सा जारी भएको थियो ।

Himal dental
सम्बन्धित
Loading...