ghar sansar

बेदकोटको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता उद्घाटनमा राजनीतिक दल र निवर्तमान मेयरलाई आमन्त्रण नगरिएको भन्दै एमाले असन्तुष्ट

एमालेका नगर कमिटी अध्यक्ष भन्छन्– यसलाई कसरी शुद्ध राजनीतिक आचरण मान्न सकिएला र ?

khasi

महेन्द्रनगर । नेकपा एमाले बेदकाटले तेस्रो नगर स्तरीय तथा १३ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता उद्घाटन समारोहमा राजनीतिक दल र पूर्व मेयरलाई आमन्त्रित नगरिएको भन्दै असन्तुष्टि पोखेको छ । काँग्रेसका सुदूरपश्चिम प्रदेश सभा सदस्य बहादुर सिह थापाले शुक्रबार प्रतियोगिता उद्घाटन एमाले बेदकोट नगर कमिटी अध्यक्ष हरिश भाटले सामाजिक सञ्चाज फेसबुकबाट असन्तुष्टि व्यक्त गरेका हुन् ।

बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराको अध्यक्षतामा गरिएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य थापा सहित संविधान सभा सदस्य दुर्गा खुना लगायतका सहभागी थिए । उद्घाटन कार्यक्रममा राजनीतिक दल र निवर्तमान मेयर अशोक कुमार चन्द लगायतलाई आमन्त्रण नगरिएकोमा नगर अध्यक्ष भाटले असन्तुष्टि पोखेका छन् । निवर्तमान मेयर चन्द एमाले नेता हुन् ।

dirghayi clinic

‘बेदकोट नगरपालिकामा सुरुवात भएको राष्ट्रपति रनिङ्ग शिल्डको उद्घाटन समारोहमा राजनीतिक दल र पूर्व मेयरलाई मेयरलाई समेत निम्ता नगरिनुलाई कसरी शुद्ध आचारण राजनीतिक आचरण मान्न सकिएला र’ भाटले भनेका छन्,‘खेलमा भाग लिने सबै खेलाडीहरुलाई सफलताको कामना सहित उक्त कार्यक्रमको सफलताको शुभ कामना ।’

आइतबारसम्म चल्ने प्रतियोगितामा नगरपालिका क्षेत्रका १७ विद्यालयले भाग लिएका छन् । बेदकोटका उप मेयर तुलसी जोशीले स्वागत मन्तव्य राखेको कार्यक्रम सञ्चालन राकेश बहादुर चन्दले गरेका थिए ।

कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, बजार व्यवस्थापन समितिका प्रतिनिधि, बुद्धिजीवि, शिक्षक, विद्यार्थी, स्थानीय सहभागी भएका छन् ।

बेदकोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले प्रतियोगिताबाट जिल्ला स्तरीय प्रतियोगिताका लागि खेलाडी छनौट हुने जानकारी दिए ।

Himal dental
सम्बन्धित
Loading...