दोधारा चाँदनीको सुख्खा बन्दरगाहमा लेखराजको नाम लिन समेत डराए लेखक, लेखराजले नै घोषणा गरेका थिए सुख्खा बन्दरगाह

Amity

महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघको ३२ आंै वार्षिक साधारण सभा उद्घाटन समारोहका प्रमुख अतिथि कञ्चनपुर क्षेत्र नं. ३ का साँसद रमेश लेखकले आफ्नो मन्तव्यका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा सुख्खा बन्दरगाह बनाउने लगायतको सात सम्झौता भएको जानकारी दिए ।

दोधारा चाँदनीमा तीन वर्षभित्र सुख्खा बन्दरगाह बनाउने र त्यसका लागि आफू पूर्ण रुपमा लाग्ने उनले उल्लेख गरे । उनले शीर्ष र जुलाघाटमा पक्की पुल बनाउने लगायतका सम्झौता भएको उल्लेख गर्दै कार्यक्रममा सहभागीलाई जानकारी दिए ।

janjyoti campus

दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनाउने माग बाणिज्य संघको रहेको उल्लेख गर्दै उनले त्यसका लागि संघका पूर्व अध्यक्ष यज्ञराज भट्ट सहित सबैलाई धन्यवाद दिए ।

‘यो एजेण्डा यहाँहरुको थियो, पूर्व अध्यक्ष यज्ञराज भट्ट लगायतका यो एजेण्डा उठाउनु भएको थियो, आज तीन वर्षमा बनाउने भनेर सम्झौता भएको छ,’ उनले भने,‘त्यस कारण आजको दिन यो ३२ औं साधारण संघका लागि निकै महत्वपूर्ण छ, म वहाँहरु सबैलाई धन्यवाद दिन चाहन्छु ।’

काँग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका लेखकले सुख्खा बन्दरगाहका लागि बाणिज्य संघलाई धन्यवाद दिए पनि दोधारा चाँदनीमा सुख्खा बन्दरगाह घोषणा गर्ने तत्कालिन उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई भने सम्झिन छाडेका छन् । तत्कालिन मन्त्री भट्टले सुदूरपश्चिमको आर्थिक विकासका लागि २०६८ मा दोधारा चाँदनीको कञ्जनभोजमा सुख्खा बन्दरगाह बनाउने घोषणा गरेका थिए ।

नेकपा माओवादी केन्द्रबाट मन्त्री भएर सुख्खा बन्दरगाह घोषणा गरेका भट्ट अहिले एमालेमा छन् । उनी एमालेका केन्द्रीय सचिव र सुदूरपश्चिम प्रदेश सचिव छन् । उनले घोषणा गरेपछि सुख्खा बन्दरगाहका लागि प्रधानमन्त्री पुष्पकमल दाहालदेखि सरकारका मन्त्री, सचिवसम्म कञ्जनभोज पुगाएका थिए ।

स्थानीयले जग्गा नदिने अडान राखेपछि तत्कालिन मन्त्री भट्टले स्थानीयसित पटक पटक छलफल गरेका थिए । उनी मन्त्री हुँदा कञ्चनपुर निर्वाचन क्षेत्र न. ३ मा माओवादी केन्द्रका हरिश ठकुल्ला संविधान सभा सदस्य थिए । स्थानीयसित छलफलले पूर्णता नपाउँदै उनी मन्त्रीबाट बाहिरिए ।

त्यसपछि २०७० मा दोस्रो संविधान सभा सदस्य निर्वाचन भयो । २०७० को निर्वाचनमा काँग्रेस नेता रमेश लेखक निर्वाचित भए । उनी २०७४ सम्म सत्ता रहेका उनी केही समय भौतिक पूर्वाधार मन्त्री भए । लेखकले चुनाव जितेपछि सुख्खा बन्दरगाह बनाउने कार्य छलफलसम्म हुन सकेन । त्यसपछि २०७४ मा एमालेका निवर्तमान साँसद डा. दिपक प्रकाश भट्टले चुनाव जितेपछि उनी दुबै देशको प्राविधिक टोली सहित कञ्जनभोज पुगे । भारतीय राजदूत सहितको प्राविधिक टोलीमाथि स्थानीयले ढुङ्गामुढा प्रहार गरे ।

निर्वाचनमा लेखक हारेको रिस फेर्न ढुङ्गामुढा प्रहार गरिएको आशंका गरिएको थियो । स्थानीयको ढुङ्गामुढामा काँग्रेस मौन बसेको थियो । स्थानीयको ढुङ्गामुढा पछि पनि साँसद भट्ट र तत्कालिन सुदूरपश्चिम प्रदेश सभा सदस्य मान बहादुर सुनारले स्थानीयसित छलफल गरे ।

स्थानीयले जग्गा दिन नसक्ने अडान नछाडेपछि पछि दोधारा चाँदनी नगरपालिका १ मा सुख्खा बन्दरगाह बनाउने प्रक्रिया अघि बढेको हो । एमालेका निवर्तमान साँसद डा. भट्टले तत्कालिन मन्त्री लेखराज भट्टबाट दोधारा चाँदनी १ मा सुख्खा बन्दरगाह शिलान्यास गराएका थिए ।

सरकारले आगामी वर्षको बजेटमा एकीकृत जाँचचौकी, सुक्खा बन्दरगाह, कन्टेर यार्ड निर्माण, प्रयोगशाला स्तरोन्नति लगायत व्यापार पूर्वाधार निर्माण र सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छ । सुक्खा बन्दरगाहको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बनिरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा सुक्खा बन्दरगाह निर्माणका लागि भारतीय पक्षसित सम्झौता (एमओयु) मा हस्ताक्षर गरिएको छ । सुक्खा बन्दरगाह निर्माणको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) हालै सरकारले स्वीकृत गरिसकेको छ ।
भारतसित सुख्खा बन्दरगाह बनाउने सम्झौता हस्ताक्षर हुँदा घोषणा गर्ने तत्कालिन मन्त्री भट्ट र निवर्तमान साँसद दुबै सत्ता बाहिर छन् । निवर्तमान साँसद डा. भट्ट कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन संघर्षका लागि उत्रिएका छन् ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक लेखक २०५६ देखि हालसम्म यस क्षेत्रबाट संसदमा प्रतिनिधित्व गर्दै आएका छन् । २०७४ को निर्वाचनपछिका पाँच वर्ष बाहेक उनी अधिकाँश समय सत्तामा बसेका छन् । २०६४ को संविधान सभा सदस्यमा समानुपातिक सदस्य भएका उनी अहिले कञ्चनपुर ३ बाट संसद प्रतिनिधित्व गर्न थालेको दुई दशक पुगेको छ ।

कञ्चनपुर उद्योग बाणिज्य संघको साधारण सभामा उनले सुख्खा बन्दरगाहमा विगतमा बजृेट नचाहिने काम पनि नभएको भन्दै असन्तुष्टि पोखे । उनले सुख्खा बन्दरगाहका विगतमा भारतसित कुराकानी नभएको, वातावरणी प्रभाव मूल्याङ्कन हुन नसकेको लगायतका कार्य नभएको असन्तुष्टि पोखे । उनले भारतसित कुराकानी गर्न पनि बजेट नचाहिने भन्दै कटाक्ष गरे ।

उनले आफू मंसिर ६ मा निर्वाचित भएको ६ महिनामै यी सबै काम अघि बढेको उल्लेख गर्दै यसका लागि आफू पूर्ण रुपमा लाग्ने बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा सुख्खा बन्दरगाह शिलान्यास भएको थियो । भारतसित कुराकानी गरी पहुँच मार्ग बनाउन सुरु गरिएको थियो । अहिले भारतबाट सुख्खा बन्दरगाह जोड्ने पहुँच मार्ग निर्माण अन्तिम चरणमा पुगेको छ ।

मायापुरी सामुदायिक वन र गौरीशंकर सामुदायिक वन क्षेत्रको प्रस्तावित करिब २८० बिगाहा क्षेत्रफलमा भन्सार, बैंक, गोदाम, जाँचपास सेड, रेल्वे प्लेटफर्म, सुरक्षा निकाय, पार्किङ यार्ड, कन्टेनर यार्ड, क्वारेन्टाइन लगायतका लागि आवश्यक भौतिक संरचनाको निर्माण हुने भएका छन् ।

ghar sansar
सम्बन्धित
Loading...