ghar sansar

लेखक प्रमुख अतिथि भएकै कार्यक्रममा सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री रावलले भने– छेला औद्योगिक क्षेत्रका एक रुपैँया बजेट छुट्याउन नसक्ने लेखक कसरी विकासका मसिहा हुन सक्छन्

khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिह रावलले काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलाई विकासको महिसा भनेर सम्बोधन गरिएपछि आक्रोश पोखेका छन् । उनले उद्यमी व्यवसायीलाई चिप्लो र चाकरीका कुरा गर्नु नहुने सुझाव दिए ।

कञ्चनपुर उद्योग बाणिज्य संघको ३२ औं साधारण सभाको उद्घाटन समारोहमा संघका अध्यक्ष पिताम्बर जोशीले स्वागत मन्तव्य राख्ने क्रममा लेखकलाई विकासका मसिहा भनेर सम्बोधन गरेका थिए । साधारण सभा उद्घाटन समारोहमा लेखक प्रमुख अतिथि थिए ।

Anant bahu travels

सुदूरपश्चिम प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री रावलले आफ्नो मन्तव्यका क्रममा अतिथिहरुलाई औपचारिक सम्बोधन गरी महेन्द्रनगर बजारका संस्थापक व्यवसायीलाई सम्झना गर्दै लेखकलाई विकासका मसिहा भनेको आक्रोश पोखे ।

dirghayi clinic

‘यहाँ लेखकलाई विकासका मसिहा भनियो, महाकाली कोरिडोरमा डेढ अर्ब बजेट आउँथ्यो, अहिले ४५ करोड मात्रै आयो, सेती लोकमार्गमा ३० करोड आउँथ्यो, त्यहाँ पनि कम आयो, दैजी जोगबुडा रोडमा पनि त्यस्तै छ, त्यही ठाउँबाट पटक पटक माननीय भएका छन्’ उनले भने,‘म खरो बोल्छु, चिप्लो भाषा नबोलौ, छेला औद्योगिक क्षेत्रमा एक रुपैँया बजेट हालिएन, त्यही भएर विकासका मसिहा भन्ने त ।’

उनले उद्यमी व्यवसायीले चिल्ला कुरा गर्न नहुने उल्लेख गर्दै आफूहरुलाई रुद्राक्षको माला लगाएर जोगी बनाउन खोजिएको बताए । ‘चिल्ला कुरा नगरौ, यो रुद्राक्षको माला हालिएको छ, तपाई जोगी नै हो भन्ने त होला’ उनले भने,‘सचेतकज्यू त इन्द्रासनमा बसि बसुन ।’

कार्यक्रममा प्रदेश सरकारको बजेट कटौती, साँसद कोष ब्युँताएको, आर्थिक वृद्धिदर घटेको लगायतका विषयमा बोलेका उनले लेखक र आफूबीच गुरु शिष्यको सम्बन्ध भएको उल्लेख गरे । ‘हामी गुरु शिष्यका पनि सम्बन्ध छ, तर गुरु द्रोणाचार्य हो, म पाण्डव हो, वहाँ कौरब हो’ उनले भने ।

भीमदत्त नगरपालिका ९ को ताराकोटमा अवैध रुपमा निर्माणाधिन विपाश्यना ध्यान केन्द्रका संरचना तोड्ने विरुद्ध चुप बसेकोमा उनले आपत्ति जनाए ।

सरकारले गेटामा विश्वविद्यालय स्थापना गर्ने निर्णय गरी बजेटमा एक शैय्याको अस्पताल बनाउन बजेट विनियोजन गरेको भन्दै उनले सरकारको आलोचना गरे ।

Himal dental
सम्बन्धित
Loading...