दिपक नेपाली
मेलौली(बैतडी । बैतडीको मेलौली नगरपालिकाले मलेसियामा हालै सम्पन्न एसीसी यू–१६ इस्ट जोन कपको उपाधि विजेता नेपाली टोलीका सदस्य नरेन भट्टलाई नगद ५० हजार रकम सहित सम्मान गरेको छ ।
मेलौली नगरपालिका ७ का भट्टलाई नगरपालिकामा मंगलबार नगरपालिका कार्यालयमा गरिएको कार्यक्रममा नगद रकम सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
एसीसी यू–१६ इस्ट जोन कपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । भट्ट ले मलेसिया संगको फाइनल खेलमा ८९ बलमा १० चौका र २ छक्का सहित १ सय १२ रनको सानदार अविजित शतकीय इनिङ खेलेका थिए । उनी क्रिकेटमा उदीयमान खेलाडी हुन् ।
कार्यक्रममा मेलौलीका मेयर भीम बहादुर चन्दले भलिबल र क्रिकेटका दुई ।अन्तर्राष्ट्रिय खेलाडी पाउँदा धेरै खुसी लागेको र राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नुको लागि मेलौली नगरपालिकाले हर सम्भव प्रयास गर्ने बताए । ‘म सधैं खेलाडीको सुख दुःखको सारथी बन्ने प्रण गर्छु’ उनले भने ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सपना कार्कीले भट्टले क्रिकेटबाट नगरपालिकालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएकोमा खुसी व्यक्त गर्दै खेल जगतलाई अघि बढाउन सबैले लाग्नु पर्नेमा जोड दिइन् ।
मलौली खेलाडीको उर्वर भूमि भए पनि सरकार मार्फत सोचेको जस्तो खेलाडी लागि वातावरण सिर्जना हुन नसकेको र अब स्थानीय सरकार खेल जगतलाई प्राथमिकता दिनु पर्ने वडा नं. ८ का अध्यक्ष तपेन्द्र बिष्टले बताए ।
‘कम्तिमा वडाहरुमा समान्य खेलकुद मैदान, खेलहरु निरन्तर रुपमा खेलाउनु पर्ने आवश्यकता छ’ उनले भने ।