महेन्द्रनगर । नेपाल क्रिकेट संघका (क्यान)का अध्यक्ष चदुर बहादुर चन्दले फेरि अध्यक्षमा लड्ने घोषणा गरेका छन् ।
नेपाल क्रिकेट संघ कैलाली जिल्लाको अधिवेशन उद्घाटन समारोहमा उनले नेपाली क्रिकेट अप्ठ्यारो अवस्थामा रहेको बेलामा काम गरेर अहिलेको अवस्थामा ल्याइपु¥याएकोले एकपटक पुनः अन्तिम पटकको लागि अध्यक्ष पदमा आउन चाहेको उनले बताए ।
आफू निर्वाचित भए अब सुदूरपश्चिमका लागि विशेष प्याकेजका रूपमा काम गर्ने समेत प्रतिबद्धता उनले व्यक्त गरे ।
क्रिकेट संघ विस्तारमा सुदूरपश्चिम मात्र नभै देशका कुना कन्दरामा आफू प्रत्यक्ष सहभागी भै काम गरेको दाबी गर्दै उनले आफूलाई फेरि अध्यक्षमा जिताउनेमा ढुक्क रहेको बताएका छन् । सुदूरपश्चिमका कैलाली सहितका ७ जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएकोमा उनले खुसी व्यक्त गरे ।
जिल्ला क्रिकेट संघ कैलालीको अधिवेशनले विक्रम विष्टको नेतृत्वमा सर्वसम्मत कार्यसमिति पनि चयन गरेको छ ।