ghar sansar

कञ्चनपुरका विकासले साउदीमा बनाए एकै साथ तीन राष्ट्रिय किर्तिमान

khasi

महेन्द्रनगर । साउदी अरेबियाको रियादमा जारी विश्व भारोत्तोलन च्याम्पियनशिप–२०२३ मा कञ्चनपुरका विकास भट्टले तीनवटा राष्ट्रिय कीर्तिमान बनाएका छन् । प्रतियोगितामा ८१ किलो तौल समूहमा उनले स्नाचतर्फ एक सय २४ किलोग्राम तौल उठाएर आफ्नै राष्ट्रिय कीर्तिमान ‘ब्रेक’ गरेका हुन् ।

यसअघि भट्टले स्नाचतर्फ १२३ किलोग्राम तौल उठाएर राष्ट्रिय कीर्तिमान कायम गरेको भारोत्तोलनका टिम प्रशिक्षक जीवन गौतमले जानकारी दिए। तीन पुरुष र दुई महिला गरी पाँच खेलाडी लिएर वर्ल्ड च्याम्पियनसिपमा सहभागी भएका प्रशिक्षक गौतमले नेपालले प्रतियोगितामा १६÷१७ वर्षपछि सहभागिता जनाएको जानकारी दिए ।

dirghayi clinic

उनका अनुसार विकासले क्लिन एन्ड जर्कतर्फ १४८ किलो तौल उठाएर अर्को राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । सो विधातर्फ यसअघि नेपाल प्रहरीका विकास थापाले १३९ किलो तौल उठाएर राष्ट्रिय कीर्तिमान कायम गरेका थिए । त्यसैगरी कीर्तिमान कायम गर्ने क्रममा विकास भट्टले जम्मा २७२ किलोग्राम तौल उचालेर तेस्रो कीर्तिमान कायम राखेको प्रशिक्षक गौतमले जानकारी दिए।

भारोत्तोलनमा राष्ट्रिय प्रतियोगितामा समेत स्वर्ण पदक विजेता भट्टले सुदूरपश्चिमको प्रतिनिधित्व गर्छन् । ‘अहिलेकामा सबैभन्दा जुनियर खेलाडी भनेकै विकास हो’, प्रशिक्षक गौतमले भने, ‘विकासको प्रदर्शन उत्कष्ट नै थियो ।’

त्यसैगरी अर्का खेलाडी विशाल विष्टको आगामी मङ्गलबार र सागर भण्डारी आगामी शनिबार प्रतिस्पर्धा रहेको छ। ‘महिला खेलाडी प्रतियोगितामा सहभागिता सकेर हिजो नै स्वदेश फर्किसके”, गौतमले भने, ‘यहाँ रहेका तीन जना खेलाडी यस अघि चीनमा हुने एसियाली खेलकुद (एसियाड) प्रतियोगितामा समेत सहभागी हुनेछन् ।’

Himal dental
सम्बन्धित
Loading...