ghar sansar

विश्व किर्तिमानी क्रिकेटर ऐरीको गाउँमा खुसीयाली

Amity

डिल्लीराज पन्त
महेन्द्रनगर । भीमदत्त नगरपालिका– ८ तिलाचौरका दीपेन्द्र सिंह ऐरीले टी–२० क्रिकेटमा विश्व कीर्तिमान कायम गरे पछि ऐरीको गृहजिल्ला कञ्चनपुरमा खुसियाली छाएको छ ।

गत असोज ९ गते दिनभरी जसो नेपालका स्टार क्रिकेटर दीपेन्द्र सिंह ऐरी विश्व क्रिकेट जगतमै चर्चामा ररहेका थिए भने १९औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत चीनमा भएको मङ्गोलिया विरुद्धको खेलमा ९ बलमा अर्धशतक बनाएपछि दीपेन्द्रको चर्चा झनै चार्चाको शिखरमा पुगे ।

lotus institite

उनका नाममा अन्तर्राष्ट्रिय मिडियामा समेत लामै समाचारका शीर्षक बने । उनले टी–२० मा यसअघि भारतीय क्रिकेटर युवराज सिंहलगायतका खेलाडीले १२ बलमा प्रहार गरेको अर्ध –शतकको कीर्तिमान तोड्दै नयाँ ९ बलमै अर्धशतक बनाएर नयाँ कीर्तिमान कायम गरेका थिए ।

दिपेन्द्र बाल्यकालदेखि नै खेलकुद क्षेत्रमा मेहनती र अब्बल रहेका मानिन्छन । एसएलसी सम्म गाउँकै एक निजी विद्यालयमा अध्ययन गरेका उनी त्यो बेलामा पनि विभिन्न खेल जितेर पुरस्कार पाउने गरेको र ति पुरुस्कार र मेडल उनी पढ्ने स्कुलमा अझै रहेका भन्दै चार छोरामध्ये साइँलो छोरा दिपेन्द्रले देशको नाम राख्दा आफु मात्रै नभई छर छिमेक र गाँउमा नै खुसी छाएको दिपेन्द्रका बुवा गगन सिंह ऐरीले बताए ।

दिपेन्द्र ले १० कक्षा सम्म गाउकै कोस्मोपोलोटन माध्यमिक विद्यालयमा अध्ययन गरेका थिए थिए । स्कुले जिवनमा खेलकुदमा निकै मेहनत र सक्रिय भएर लाग्ने दीपेन्द्र प्रवीणता प्रमाणपत्र तह अध्ययनका लागि महेन्द्रनगर स्थित सनराइज बोर्डिङ स्कूल भर्ना भएका बेला करिब पाँच किलोमिटर हिँडेरै क्रिकेट प्रशिक्षणमा बजार पुग्ने गरेको बुवा ऐरीले बताए ।

सानोदेखि नै दीपेन्द्र राम्रो शिक्षा हासिल गरेर सरकारी जागिरमा होस् भन्ने आफूले चाहे पनि अहिलेको सफलताले परिवारमा निकै सन्तोस मिलेको उनले बताए ।

एसियाली खेलकुद प्रतियोगितामा नेपालले देखाएको प्रदर्शनपछि चर्चामा रहेका नेपाली क्रिकेट टोलीमा रहेका दीपेन्द्रसँगै विनोद भण्डारी र भीम सार्की पनि महेन्द्रनगरकै हुन् । सनराइज उच्च माध्यमिक विद्यालयमा आएपछि दीपेन्द्र क्रिकेट खेलमा वढि सक्रिय भएका थिए ।

सानै देखि लगनसिल र सरल स्वभावको रहेको दिपेन्द्र सिंह ऐरी अहिले विश्व सामु जिल्लाको मात्रै नभई नेपालकै नाम शिखरमा पु¥याएर विश्व सामु चिनाएको भन्दै आफुहरु हर्षित भएको दिपेन्द्रका छिमेकी मनोज वोहरा बताउँछन । उनले दिपेन्द्रले आफ्नै लगानीमा गाउँकै खोला किनारमा क्रिकेट प्राक्टिस गर्न पिच बनाएर साथीभाईसंग प्रेक्टिस गर्ने भन्दै स्थानिय, प्रदेश तथा संघिय सरकारले दिपेन्द्र जस्तै प्रतिभावान खेलाडी उत्पादनका निम्ति केही गर्न नसकेकोमा दुःखित भएको बताए ।

दुई वर्षअघि कञ्चनपुरको महेन्द्रनगरस्थित कबर्डहल परिसरमा आधुनिक क्रिकेट मैदान निर्माण थालनी गरिए पनि सो कार्य अहिले अलपत्र छ ।

त्यस्तै दिपेन्द्र जोशीका अर्का छिमेकीे लालमनी विकले दिपेन्द्रले सानो देशमा विश्व सामु ठुलो नाम राख्न सफल भएको प्रति आफुले गर्व महशुस गरेको बताउँदै सरकारले खेलाडीहरुलाई सम्मान र खेल क्षेत्रमा अलि भए पनि लगानी लगाउने वातावरण बनाई दिए ओझमा परेका खेलाडीहरु शसक्त रुपमा अगाडि आएर देशका निम्ति खेल्ने बताए ।

नेपाली राष्ट्रिय टोलिमा सहभागि भई अन्र्तराष्ट्रिय स्तरमा पहिचान वनाउन सफल क्रिकेटर भिम सार्कि, संदिप जोरा, विनोद भण्डारी लगायत टिममै कञ्चनपुरको वाहुल्यता रहेको छ ।

दिपेन्द्र जस्तै नेपालि राष्ट्रिय टिममा कञ्चनपुरकै खेलाडिहरुको वाहुल्यता रहेको भए पनी यस क्षेत्रमा क्रिकेटका लागी नत खेलमैदान नै छ न त प्रशिक्षण स्थल नै छन ।

सदरमुकाम महेन्द्र नगरमा रहेको कभर्ड हल क्रिकेटमैदान का लागी भन्दै छुट्याईएको जग्गा मा मैदान निर्माण हुनु पर्ने ठाउमा समेत खेलकुद विकास समितिले २०६१ सालमा १० वर्षका लागी व्यवसायिलाई माछा पालनका लागी जग्गा ठेक्कामा दिएको थियो । चौतर्फि विरोध पश्चात ठेकेदारले माछा पालिरहेका पोखरी नसम्याई ठेक्का छोडेको थियो जो हाल सम्म पनी पोखरीकै रुपमा खेलमैदान देख्न पाईन्छ ।

क्रिकेटका नाममा आउने वजेट उपयुक्त लगानी नभई दिदा खेलकुद विकास समिसत कञ्चनपुरले समेत खेल विकासमा बेवास्था गरेको र खेलकुदका नाममा समेत कुर्चि र पदका लागी ठुलै राजनिति हुने गरेको सुमन भट्ट बताउँछन् ।

दुई वर्षअघि १ करोड रकम क्रिकेट मैदानका लागि आए पनि त्यहाँ माटो भरानबाहेक अरु काम अघि बढ्न सकेको छैन । सोही निर्माणस्थलमा केही वर्षअघि जिल्ला खेलकुद विकास समितिले माछापालनका लागि जग्गा दिँदा अहिले सो क्षेत्र कुरुप बनाएर छाडिएको छ । विकास समितिले माछा पोखरी निर्माणका लागि जग्गा ठेक्कामा दिँदा अहिले क्रिकेटमा आएको रकम पोखरी भरानमै खर्च भएको देखिन्छ ।

निजि क्षेत्रले खेलाडिहरुलाई हौसला दिईरहेका बेला सरकार भने उदासिन देखिएको वताउदै सरकारले भिभिन्न खेलाडिहरुलाई दिने भनेको पुरुस्कारको राशि समेत हाल सम्म उपलव्ध गराउन नसक्नु सरकार खेलाडि प्रति कति उत्तरदायि छ भन्ने स्पष्ट भएको समाजिक अभियन्ता दुर्गा कुमार पोख्रेल बताउँछन् ।

कञ्चनपुर क्रिकेटको इतिहास नियाल्ने हो भने, विगतदेखि अहिलेसम्म क्रिकेटका परिचित खेलाडी उत्पादनको हब भए पनि यहाँ खेल संरचनाको अवस्था भने दयनीय छ । खेलप्रेमीहरुले राज्यले खेलकुद क्षेत्रमा विषेश ध्यान दिएर पूर्वाधार विकासका साथै खेलाडीको हौसला बढाउनु पर्ने बताउँछन् ।

खेलाडिहरुका लागी पछिल्लो समय पुर्वाधारको अवस्थामा क्रमिक सुधार भईरहेको भएपनी जिल्लामा क्रिकेटका लागि पर्याप्त खेलमैदानको , प्रशिक्षण केन्द्र लगायत भौतिक संरचना तथा पुर्वाधारहरु को अभाव खड्किएको कञ्चनपुर जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपाल दत्त भट्टले बताए ।

विश्व किर्तिमान राख्न सफल क्रिकेटर दिपेन्द्र सिंह ऐरी जस्तै अन्य नेपालि खेलाडि ले देशलाई विश्व सामु अझै किर्तिमानका रेकर्ड तोड्न सक्ने खालको हौसला प्रदान गर्न राज्यले समेत यो क्षेत्रमा भौतिक पुर्वाधारका लागी लगानी गर्नु आवस्यक देखिन्छ ।

 

Himal dental
सम्बन्धित
Loading...