ghar sansar

जनज्योति सहकारीको २४ औं वार्षिक साधारण सभा सम्पन्न

little buddha academy
khasi

महेन्द्रनगर । जनज्योति बचत तथा ऋण सहकारी संस्था लि. कञ्चनपुरको २४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

सहकारीका अध्यक्ष भवानी चन्दको अध्यक्षतामा गरिएको कार्यक्रममा नेफ्स्कुनका सञ्चालक तथा सुदूरपश्चिम प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष माधव प्रसाद जोशी प्रमुख अतिथि थिए ।

,orning glory badhai

कार्यक्रममा सुदूरपश्चिम विशिष्ठकृत सहकारी सहकारी संघका अध्यक्ष गणेश बहादुर चन्द, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष गणेश बहादुर चन्द, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष प्रेम सिह भाट, भीमदत्त नगरपालिका सहकारी शाखा प्रमुख बिमदा भाट विशिष्ठ अतिथि थिए ।

कार्यक्रममा सहकारी सचिव चक्र सिह प्वालीले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष महानन्द पाण्डेयले आर्थिक तथा लेखा परीक्षण प्रतिवेदन कर्ण बहादुर भट्टले लेखा तथा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

dirghayi clinic

बन्द सत्रबाट पारित ती प्रतिवेदनमा आर्थिक वर्ष २०७९÷०८० का गतिविधि र आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति कार्यक्रम र अनुमानित बजेट समावेश गरिएको छ ।

सहकारीको वार्षिक प्रगति प्रतिवेदनमा हाल सहकारीमा २ हजार ३ सय ५७ शेयर सदस्य पुगेको उल्लेख गरिएको छ । त्यसमा १ हजार ३ सय ३९ महिला, ९९३ पुरुष र २५ संस्थागत सदस्य छन् ।

सहकारीले आर्थिक वर्ष २०७९÷०८० मा १ करोड ६७ लाख ८ हजार ७ सय शेयर, ६ करोड ६६ लाख १८ हजार ९९ बचत र ६ करोड ५६ लाख २० हजार ६ सय ५३ रुपैँया ऋण प्रवाह गरेको छ । हाल सहकारीको जम्मा सम्पत्ति वासलात ९ करोड ६१ लाख ६८ हजार ८ सय ३२ रुपैँया पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

साधारण सभाबाट आगामी आर्थिक वर्ष २०८०÷०८१ मा ९ करोड ५० लाख ऋण प्रवाह र ७ करोड ६८ लाख बचत संकलन गरी १२ करोड २७ लाख वार्षिक कारोबार पुगाउने लक्ष्य राखिएको छ ।

सहकारीका सचिव प्वालीले साधारण सभा कार्यक्रमको सञ्चालन गरेका थिए ।

 

Himal dental
सम्बन्धित
Loading...