ghar sansar

प्रहरीले छापा हानेर आतंक मच्चाएको भन्दै महेन्द्रनगर बजार ठप्प

little buddha academy
khasi

महेन्द्रनगर । प्रहरीले गोदाममा छापा हानेर आतंक मच्च्चाएको भन्दै महेन्द्रनगर बजारका व्यवसायी व्यवसाय बन्द गरी कञ्चनपुर उद्योग बाणिज्य संघलाई गुहारेका छन् ।

बिहीबार विहान बजारका सबै व्यवसायी आफ्ना पसल बन्द गरी संघमा पुगेका हुन् । उनीहरुले दशैं तिहारको बेला प्रहरीले अनावश्यक रुपमा छापा हानेर व्यवसायीलाई आतंकित बनाएकोमा आक्रोश पोखेका छन् ।

,orning glory badhai

उद्योग बाणिज्य संघ पुगेका उनीहरुले राज्यबाट आतंकित भएकाले शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म व्यवसास सञ्चालन गर्न नसकिने संघका पदाधिकारीलाई जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयले व्यवसायीका गोदामबाट भन्सार छलीको भन्दै समान बरामद गरी लैजान थालेपछि केही दिन अघि संघको कार्यकक्षमा बसेको बैठकले प्रहरीले आतंक मच्चाएको भन्दै त्यसको विरोध गर्ने निर्णय गरिएको थियो ।

dirghayi clinic

उद्योग बाणिज्य संघको अगुवाईमा भएको बैठकमा उद्यमी व्यवसायीले प्रहरीले क्षेत्राधिकार मिचेर गोदाममा छापा हानेर व्यवसायीलाई आततिंक बनाएकोमा आक्रोश पोखेका थिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुुरका प्रहरी उपरीक्षक कमल थापाले दुई सातादेखि व्यवसायीका गोदाममा छापा हान्न थालेका हुन् । केही दिन अघि जिल्ला प्रहरी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा उनले अवैध समान बरामदमा प्रहरीले आफ्नै रेकर्ड तोड्ने गरी काम गरि रहेको बताएका थिए ।

बजारका व्यवसायी बाणिज्य संघ पुगेपछि बिहीबार दिनभरि महेन्द्रनगर बजार ठप्प रह्यो । आर्थिक मन्दीले दशैं तिहारमा समेत कारोबार हुन नभएर व्यवसयाी हैरान छन् ।

वाणिज्य संघमा उनीहरुले प्रहरीले अनावश्यक दुःख दिँदा समेत मौन बसेको दुखेसो पोखेका छन् ।

बाणिज्य संघका पदाधिकारीले स्थानीय प्रशासन र सुरक्षा निकायसित सहजीकरण गरी समस्या समाधान गर्ने आश्वासन दिएको व्यवसायीले बताए ।

Himal dental
सम्बन्धित
Loading...