ghar sansar

विपिन अझै वेपत्ता, घर फर्किने आशमा परिवार

little buddha academy
khasi

महेन्द्रनगर । इजरायलमा हमासको आक्रणमा परी वेपत्ता भीमदत्त नगरपालिका–३ का विपिन जोशीका परिवार उनी फर्किने आशमा बसेका छन् । डेढ साता अघि जोशी गत शनिबार इजरायलको किबुजस्थित कृषि फार्ममा रहेका १७ जनाको समूहसंगै बंकरमा हमासको आक्रमणका परेका हुन् ।

हमासले प्रहार गरेको ग्रिनेट हातले समातेर बाहिर फालि दिएपछि उनीसंगै अन्यको ज्यान जोगिएको थियो । ग्रिनेट बाहिर फालेर अरुको ज्यान जोगाएका जोशीको अवस्था अझैसम्म अज्ञात छ ।

,orning glory badhai
dirghayi clinic

पहिलो आक्रमणमा घाइते अवस्थाका चारमध्ये एकजना स्वदेश फर्केका छन् भने तीनजना इजरायलमै उपचाररत छन्। शुक्रबार स्वदेश फर्केका विद्यार्थी तथा त्यहीँ उपचाररत विद्यार्थीले जोशीलाई थाई नागरिकहरूसँगै हमास समूहले कब्जामा लिएको बताएका छन्। नेपाली दूतावासले जोशीको अवस्था अझै अज्ञात रहेको जनाएको छ ।

अघिल्लो शनिबार बिहान हमास समूहले गरेको ग्रिनेड आक्रमणमा चारजना नेपाली विद्यार्थी घाइते भए । सल्यानका विधान सेजवाल, दाङका रविन डाँगी, कैलालीका धन बहादुर चौधरी र गोरखाका हिमाञ्चल कट्टेल घाइते भएका थिए । हमास समूहले दुईवटा ग्रिनेड फालेकोमा एउटा जोशीले समाएर बाहिर फालेका थिए । अर्को भने पड्केको थियो ।

जोशीले ग्रिनेड बंकरबाहिर फालेका कारण चारजना नेपालीहरूको ज्यान बचेको त्यहाँबाट फर्केका विद्यार्थीहरूले बताएका छन् । हमासको गोली लागेर गम्भीर घाइते भएका हिमाञ्चल कट्टेलले अस्पतालबाटै जारी गरेको भिडियो सन्देशमा जोशीलाई प्यालेस्टाइनतर्फ लिएर गएको आफैँले देखेको बताएका छन् । उस (विपिन जोशी)लाई दुई तीन जना थाईसँग होस्टेज बनाएर प्यालेस्टाइनतर्फ लिएर गएको मैले देखेको छु,’ कट्टेलले भनेका छन् ।

त्यही समूहमा रहेका सल्यानको त्रिवेणी गाउँपालिका–१ का प्रमोद केसी र कैलालीको भजनी त्रिशक्ति नगरपाकिा–३ वीरेन्द्र चौधरी सहित २ सय ५३ जनाको विद्यार्थी टोली शुक्रबार स्वदेश फर्केर गाउँ पुगिसकेको छ। इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले जोशीको स्थिति अझै अज्ञात रहेको बताइन् ।

Himal dental
सम्बन्धित
Loading...