Sarsoti

बैतडीको बागगोठमा बाख्रा चराउन गएकी युवती करेन्ट लागेर घाइते

lotus institute

महेन्द्रनगर । बैतडीमा करेन्ट लगेर एक किशोरी घाइते भएकी छन् । मेलौली नगरपालिका–३ बागगोठका करन बागकी १७ वर्षीया छोरी कमला बाग मंगलबार करेन्ट लागेर घाइते भएकी हुन् ।

Mahendranagar

दिउँसो साढे २ बजेको समयमा वडाकै बागगोठ जंगलमा बाख्रा चराउन गएका बेला चुंडिएर लत्रिएको बिजुलीको तार छुँदा ती किशोरी करेन्ट लागेर घाइते भएकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले बताएका छन् ।

morning glory

घाइते किशोरीको नाक, मुख, हात र खुट्टा जलेको छ। किशोरीको केशपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ ।

saark school
सम्बन्धित
Loading...