ghar sansar

कृष्णपुरका प्यारु दमाईलाई सहयोग रकम हस्तान्तरण

little buddha academy
khasi

महेन्द्रनगर । कृष्णपुर नगरपालिका – २ शान्तिपुर, बांणीका बृद्ध अशक्त प्यारु दमाईको परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।

परियार कल्याण केन्द्र नेपालका शुभचिन्तक तथा आफन्त नेपाल कञ्चनपुरका कार्यक्रम अधिकृत बिर बहादुर नेपालीको पहलमा कृष्णपुर नगरपालिका वडा नंं. २ का वडा अध्यक्ष अर्जुन सिंह साउद को रोहोवरमा प्यारु दमाईलाई २८ हजार ३ सय रुपैया सहयोग रकम हस्तान्तरण गरिएको हो ।

,orning glory badhai

परियार कल्याण केन्द्र नेपालको समन्वयमा जर्मनी निवासी समाजसेवी कृष्ण प्रशाद गौतमले प्रदान गरेको २६ हजार २ सय ५० र काठमाण्डौं निवासी भिम परियारले प्रदान गर्नु भएको २ हजार ५० गरी जम्मा २८ हजार ३ सय रुपैया परियार कल्याण केन्द्र नेपालका शुभचिन्तक तथा आफन्त नेपालका कार्यक्रम अधिकृत बिर बहादुर नेपालीको सक्रियतामा प्यारुलाई हस्तान्तरण गरिएको हो ।

गत श्रावण १५ गते घरायसी बिवादका कारण प्यारुका छोराको उनकै भतिजा र भन्जाले हत्या गरे पछि ७० बर्षिय बृद्ध, अशक्त प्यारु र उनकी श्रीमती ६५ बर्षिय प्रेमजला दमाई घरमै दुःखपुर्ण जिवन ब्यतित गरिरहेका छन ।

‘बिरामी बृद्ध अशक्त प्यारुको दयनिय अवस्था बारे आफन्त नेपालका कार्यक्रम अधिकृत बिर बहादुर नेपाली लाई जानकारी गराएको थिए, प्यारुको घरमा सहयोग रकम हस्तान्तरण गर्दै वडा अध्यक्ष अर्जुन सिंह साउदले स्मरण गर्दै भने ‘उहाँले, बिदेशमा बस्ने समाजसेवी र परियार कल्याण केन्द्र नेपालका शुभचिन्तकहरुबाट संकलित रकम प्यारु दमाईलाई प्रदान गर्न पहल गर्नु भो, उहाँले परियार कल्याण केन्द्र नेपाल मार्फत गरेको यो काम निकै राम्रो छ’ ।

‘छोराको हत्या पछि, घरमा बृद्धबृद्धा दुई जना मात्रै छन, साहारा कोही छैन’ उनले अगाढी भने ‘आम्दानीको श्रोत छैन, बृद्ध शरीर छ त्यसमा पनि लामो समय देखी एमडिआर टिबीको संक्रमणबाट संक्रमित प्यारु दमाईको परिवारलाई बिहान बेलुकी हातमुख जोर्न समस्या परिरहेको अवस्थामा परियार कल्याण केन्द्रले गरेको सहयोगले प्यारुको परिवारलाई केही महिना भए पनि सहज हुनेछ’ उहाँले गरेको सहयोग प्रसंसनिय छ । सहयोगी मनहरुलाई हाम्रो सम्मान छ ।

‘मेरो कोही पनि छैन, म बिमारी अशक्त छु, पोषिलो खानेकुरा होईन, खान अन्नको पनि समस्या छ, अलि अलि कमाउने छोराको हत्या भयो हामी दुखद जिवन बिताईरहेका छौं, यस्तो बिपतको बेलामा हामीलाई सहयोग गर्नु भयो, खुसी लागेको छ । घरमा भगवानै आए जस्तो लागेको छ’ सहयोग रकम बुझेपछि प्यारु दमाईले आँखा बाट आँशु झार्दै भने ‘अव यो पैसाले अन्नपात र पोषिलो खानेकुरा किन्नेछु बाँकी औषधी उपचारमा खर्च गर्नेछौं’ सहयोगी हातहरुलाई धेरै धेरै धन्यवाद छ ।

प्यारु दमाई बिरामी, बृद्ध अशक्त र अवस्था दयनिय भएकोले परियार कल्याण केन्द्र नेपालको समन्वयमा देश बिदेशमा बस्ने परियार समुदायका समाजसेवीहरु बाट संकलित रकम प्यारु दमाईलाई हस्तान्तरण गरिएको परियार कल्याण केन्द्र नेपालका शुभचिन्तक बिर बहादुर नेपालीले बताए । उनले भने ‘बिगतमा पनी परियार कल्याण केन्द्रले बिपन्न र समस्यामा परेकाहरुलाई औषधी उपचार, शिक्षा स्वास्थ्यमा सहयोग गर्दै आईरहेको छ’ ।

dirghayi clinic

यस्तो छ दमाईको अवस्था

कृष्णपुर नगरपालिका वडा नं. २ शान्तिपुर, कञ्चनपुर बस्ने ७० बर्षिय प्यारु दमाई र उनकी श्रीमती ६५ बर्षिय प्रेमजला दमाई घरमै दुःखपुर्ण जिवन ब्यतित गरिरहेका छन । बिगत समय देखी नै एमडिआर टिबीको संक्रमणबाट संक्रमित प्यारु घरमा बृद्ध, अशक्त अवस्थामा छन । घरमा उनिहरुको साहारा कोही पनि छैनन् ।

सम्पतीको नाममा २ कटठा जती जमिन र एक सानो कच्ची घर भएको भए पनि आफ्नो उपचार र घर खर्चकालागि जग्गा दृष्टिृबन्धक राखेर ऋण लिएका छन । घरमा कमाउने मानिस कोही पनि छैनन् ।

उसो त प्यारुका ४ छोरा र १ छोरी थिए । ४ ओटै छोरा भारतमा ड्राईभरी काम गर्दथे । जसमध्ये अत्याधिक मदिरा सेवन गर्ने २ छोरालाई केही बर्ष पहिले नै गुमाएका थिए । एक छोरा कुबेर दमाई केही समय पहिले घर आएको बेला गत श्रावण १५ गते घरायसी बिवादका कारण उनकै भतिजा र भन्जाले हत्या गरे । प्यारुका छोरा र छोरी तर्फको नातीले मदिरा सेवन गरीरहेकै अवस्थामा हत्या गरेका थिए । यसरी घरमा अलीकति भएपनि घरखर्च दिने छोराको हत्यापछि उनको परिवार हाल बिचल्लीमा परेको छ ।

प्यारुका जेठा छोरा सपरिवार दिल्लीमा बस्दै आएका छन । उनको पनि ११ जनाको परिवार छ । त्यसैगरी छोरी ज्वाई पनि सपरिवार ईण्डियामानै काम गरीरहेका छन । तपाईको एक छोरा एक छोरी ईण्डियामा कमाउन्छन, बस्छन, तपाईलाई सहयोग केही गर्दैनन भन्ने जिज्ञाषामा उनले भने उनिहरुका आआफ्नै ठुलो परिवार छ, उनिहरुका पनि समस्या छन, प्रदेशको ठाउँ, सानो कमाईले जेनतेन परिवार पालेका छन कसरी मलाई सहयोग गर्छन, उनले अगाढी भने छोरा बुहारी नाती नतिनानै सुखी खुसी भए कति हो कती, मेरा दुख मै संग छन ।

आज पनि साँझ भरर्खर धनगढी बाट निःशुल्क उपचार गराएर घर फर्केका प्यारुलाई मैले आफ्नो परिचय सहित आफु आउनुको उद्धेश्य बताए पनि, उहाँको घरायसी अवस्था बुझन खोज्दा उहाँ अकमक्क हुनु भयो र भन्नु भयो मेरो छोराको हत्या पछी, मेरो घरको अवस्था बुझ्न कतिपय संघसंस्थाका मानिसहरु आए, मिडियाकर्मी आए, अन्तरवार्ता लिए, फोटो खिचे, भिडियो बनाए तर हामीले केही पाएनौ ।

यि सवैकुरा एक ध्यानले सुनिरहेकी प्यारुकी श्रीमति प्रेमजला ले भनिन उहाँ त हाम्रो जातको हुनुहुन्छ उहाँ अवश्य सहयोग गर्नु हुन्छ होला । हामीले सवै कुरा भन्नु पर्छ उहाँ हाम्रो भगवान भएर आउनु भएको छ । यति भन्दै उहाँ आँशु खसालेर भक्कानिएर रुन थालिन ।

म असहज भए, मेरा आँखा रसाए । तैपनि उहाँलाई सम्झाने प्रयास गरे । नरुन आग्रह गरे । तै पनि उहाँ शुक्क शुक्क गरेर रोईरहनु भयो । मैले हाम्रो परियार कल्याण केन्द्र नेपालका आत्मीय र सहृदयि मनहरुले सहयोग गर्नेछन । केही दिनमा म सहयोग लिएर साथिहरु सहित हस्तान्तरण गर्न आउने छु भनि प्रतिवद्धता ब्यक्त गरे र उहाँहरुबाट बिदा भए । त्यतिन्जेल सम्म वरपरका धेरै मानिसहरु त्यहाँ जम्मा भईसकेका थिए ।

आर्थिक रुपमा बिपन्न, आम्दानीको श्रोत नभएको बुढेश कालको साहारा समेत घरमा नभएको अवस्थामा बृद्ध अशक्त दम्पती घरमा सहयोग गर्न आउनेको बाटो कुरेर बसेका छन । उहाँहरुलाई परियार कल्याण केन्द्र नेपालको तर्फबाट सक्दो सहयोग गर्न आवश्यक छ । त्यसैले सहयोगी मनहरुलाई हार्दिक अपील गर्दछु । धन्यवाद ।

Himal dental
सम्बन्धित
Loading...