ब्रह्मदेब बजारबाट पनि ब्राउन सुगर सहित एक जना पक्राउ

महेन्द्रनगर । भीमदत्त नगरपालिका–९ ब्रह्मदेब बजारबाट अवैध लागु औषध खैरो हेरोईन सहित एक जनालाई पक्राउ गरिएको छ ।

ईलाका प्रहरी कार्यालय ब्रह्मदेबबाट खटिएको प्रहरीले भारत टनकपुरबाट आएका भीमदत्त नगरपालिका १० का २४ वर्षिय प्रमल नाथलाई पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार नाथले चलाएको म.१ प ७१३४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा १ ग्राम ३७ मिलिग्राम ब्राउन सुगर भेटिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...