ghar sansar

बैतडीको देहीमाडौंमा ६ सय राँगा र बोकाको बली

महेन्द्रनगर । बैतडीको देहीमाण्डौंस्थित निङ्गलाशैनी भगवती मन्दिर जात्रामा ६ सय पशुको बली दिइएको छ । दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा महाअष्टमी पर्वमा रागा र बोकाको बली दिइएको छ ।

महासप्तमीबाट सुरु भएको जात्रा आज महाअष्टमीमा सम्पन्न भएको हो । मन्दिरमा राँगा र बोकाको बलिसहित मेला सम्पन्न भएको निङ्गालशैनी धार्मीक सेवा समितिले जानकारी दिएको छ।

निङ्गलाशैनी भगवती मन्दिरमा करिब २ सय राँगा र ४ सय बोकाको बलि दिइएको निङ्गालशैनी धार्मीक सेवा समितिले जनाएको छ। निङ्गलाशैनी भगवती मन्दिरमा जिल्लामै सबैभन्दा बढी पशुबलि दिने गरिन्छ ।

त्यहाँका आम सर्वसाधरणले आफ्ना चाहाना पुरा हुन भनेर तथा दुःख्ख, कष्ट, रोगबाट छुटकारा पाउँनका लागि भाकल गर्दछन् ।

सोहि भाकल अनुसार राँगा तथा बोकाको बलि दिने गर्दछन् । महासप्तमीमा श्रद्धालुहरुले भाकल गरे अनुसार मन्दिरमा राँगा लैजाने र महाअष्टमीमा बलिदिने चलन रही आएको छ ।

निङ्गलाशैनी भगवती मन्दिरमा महाष्टमी र चैत्राष्टमीमा लाग्ने जात्रा बलिसहित हुने भएपनि अनन्त चतुर्दशी र मंसिर शुक्ल पूर्णिमाका दिन लाग्ने मेलामा भने बलि दिइदैन् ।

 

Himal dental
सम्बन्धित
Loading...