महेन्द्रनगर । दशैंमा विभिन्न शक्तिपिठमा दिइने पशु बली विरुद्ध महेन्द्रनगरमा विरोध ¥याली प्रदर्शन गरिएको छ । प्रजापिता ब्रह्माकुमारिज ईश्वरीय विश्वविद्यालयले आइतबार दिउँसो ¥याली बजार क्षेत्रमा ¥याली निकालेको छ ।
बलि प्रथा उन्मूलन अभियान लेखिएको ब्यानर सहित बजार परिक्रमापछि विश्वविद्यालयमा कार्यक्रम गरिएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा, प्रहरी उपरीक्षक कमल थापा, सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी लगायत सहभागी भएका छन् ।