ghar sansar

हमास आक्रमणमा मृत्यु भएका विष्टको महाकाली नदीमा दाहसंस्कार,काकाले दिए दागबत्ती

Amity

महेन्द्रनगर । हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका सुदूरपश्चिमाञ्चल विश्वविद्यालय कृषि संकायका विद्यार्थी दीपेशराज विष्टको महाकाली नदीमा दाहसंस्कार गरिएको छ ।

महाकाली नदीको भुजेला घाटमा सोमबार विहान हिन्दू परम्परा अनुसार विष्टका दाहसंस्कार गरिएको छ । विष्टलाई उनका काका पुष्पराज दागबत्ती दिएका छन् । असोज २० गते हमासको आक्रमणमा मृत्यु भएका विष्टको शव आइतबार साँझ परिवारलाई जिम्मा लिएका थिए ।

lotus institite

धनगढीबाट शव लिएर भीमदत्त नगरपालिका १५ लिम्बुखेडा रामजानकी टोलस्थित घरमा राखिएको थियो । विष्टको पार्थिव शरिरमा विभिन्न क्षेत्रका व्यक्तिले पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली दिए ।

सोमबार विहान घरबाट शव यात्रा सुरु भएर महाकाली भुजेला घाटमा शव पुगाइएको थियो । दाहसंस्कारमा सुदूरपश्चिम विद्यालयका मानविकी तथा समाज शास्त्र संकायका डीन डा. मुकुन्द्र प्रसाद कलौनी सहित प्राध्यापक, कर्मचारी, विद्यार्थी, आफन्त सहित विभिन्न क्षेत्रका व्यक्ति सहभागी भएका छन् ।

दार्चुला पुख्र्यौलीका विष्टका बुवाको केही वर्ष अघि मृत्यु भएको थियो । विष्टका आफन्तका अनुसार बुवा अशोकराज विष्टको ३६ वर्ष मृत्यु भएको हो ।

विष्टका भाई बसन्त राज छात्रबृत्तिमा धरान मेडिकल कलेजमा एमबिबिएस अध्ययन एमबीबीएस अध्ययनरत छन् । उनी उनी सुदूरपश्चिम विश्वविद्यालयको लर्न एण्ड अर्न कार्यक्रम अन्र्तगत प्रयोगात्मक कक्षाका लागि इजराज गएका हुन् ।

विष्टकी आमा पार्वती लटिनाथ मावि रिठाचौपाताकी शिक्षिका हुन् । दिपेशराजका बाबु पनि मालिकार्जुन मावि धाप दार्चुलामा पूर्वशिक्षक थिए । दिपेशराजले झण्डै १८ बर्ष अघि नै बाबु गुमाएका थिए । 

नर्सरीदेखि १० सम्म ग्लोबल एकेडेमीमा अध्ययन गरेर रेडियन्ट माविबाट आईएस्सी अध्ययन गरेर बिएस्सी एजि विषय अध्ययनका लागि टीकापुर गएका थिए । भीमदत्त नगरपालिका १५ निम्बुखेडा स्थित कान्छाबाबु पुष्पराज विष्टको घरमा बस्दै आएका थिए

हमासको आक्रमणमा परी उनी सहित सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो । मृत्यु हुनेमा सुदूरपश्चिमका चार विद्यार्थी छन् । उनीहरुको शव आइतबार साँझ धनगढीबाट परिवारले जिम्मा लिएका थिए ।

विष्टका आफन्त महेन्द्रनगर माध्यमिक विद्यालय(साधारण) विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रराज विष्टले इजरायलमा हमासको आक्रमणमा दीपेशको मृत्युले परिवारमा पीडामाथि पीडा थपिएको बताए ।

‘बुवाको ३६ वर्षको उमेरमा ज्यान गयो, इजरायलमा भाइको हमासको आक्रमणमा ज्यान गयो, परिवारमा एकपछि अर्काे असह्य पीडा थपिएको छ’ उनले भने ।

आइतबार साँझ विष्ट सहित कैलाली घोडाघोडी ४ का नारायणप्रसाद न्यौपाने, कैलाली जोशीपुर ५ का आशिष चौधरी र दार्चुला मालिकार्जन ४ का लोकेन्द्रसिंह धामीको शव परिवारलाई बुझाइएको थियो ।

नेपाली सेनाको स्काई भ्यान मार्फत धनगढी ल्याइएका ती शवहरु कैलाली जिल्ला प्रशासन कार्यालयले समन्वय गरी परिवारजनलाई हस्तान्तरण गरेको थियो ।

नेपालका लागि इजरायलका राजदूतसमेत धनगढी आएर मृतकका आफन्तलाई भेटघाट गरेका छन् । परिवारजन धनगढी विमानस्थलमै पुगेका थिए ।

Himal dental
सम्बन्धित
Loading...